Janakpurdham
Sun, Oct 18, 2026
`

डि.आर.टी बी होस्टलका बिरामीलाईस्वास्थ्य सामाग्री हस्तान्तरण

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`


जनकपुरधाम, २७ गते पुस । जनकपुरधाममा रहेको डि.आर.टि.बी होस्टेलका विरामीहरुलाई बुधबार स्वास्थ्य तथा चिसोबाट बच्न विभिन्न सामानहरु वितरण गरिएको छ । बिराट नेपाल मेडिकल ट्रष्टले अमेरिकेयर्सको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय, धनुषा अन्तरगत डि.आर.टि.बि. होस्टल जनकपुरमा रहेका ६ जना डि.आर. बिरामीलाई जाडो र संक्रमण रोकथाम गर्ने सामाग्री सहयोग गरेको हो । बि.एन.एम.टी नेपाल महोत्तरीका जिल्ला कार्याक्रम संयोजक डा.मनोज कुमार साहका अनुसार ६ जना विरामीहरुलाई ६थान ठूलो कमलखोल सहित, ६ थान मझौला कमल, ६ थानजाकेट, ६ थानउलेन टोपी, ६ जोडाचपल, ३ थान इलेक्ट्रिक जग , ६ थानझुल र २५ थान हाइजनिक किट उपलब्ध गराइएको छ । उक्त सामग्रीहरु मधेश प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयका निर्देशक डा.राजिब झा, समाजिक विकास मन्त्रालयका राज नरायण साहले जिल्ला स्वास्थ्य कार्याल धनुषाका टि.बि. फोकल पर्सन रामबाबु यादव, डि.आर. होस्टलका ईन्चार्ज सोलेन्द्रकुमार साह तथा होस्टलमा भर्ना रहेका बिरामीहरुलाई उक्त सामाग्री हस्तास्तरण गर्नुभएको हो ।
निर्देशक डा.झाले बि.एन.एम.टी. नेपालले टि.बि.निदान, उपचार र न्यूनीकरणमा उचस्तरीय काम र सहयोग गर्दै आएको बताउनुभयो । टि.बि. फोकलपर्सन रामबाबु यादवले बि.एन.एम.टी. नेपाल र नेपाल क्षयरोग निवारण संस्थामोरङ्ग लाई यस जाडोमा सहयोग गरि दिएकोमा अभार व्यक्त गर्नुभयो । डि.आर. टिबी रोग लागेका विरामीबाट सर्ने यो खतरानाक रोग रहेकाले यसका विरामीलाई दुई वर्ष भन्दा बढी समय सम्म छुटै होस्टेलमा राखेर उपचार लगायत खाना र बस्ने व्यवस्था सरकारले गरिरहेको छ । मधेश प्रदेशमा एक मात्र होस्टेल जनकपुरधाममा ६ जना यस्ता रोगी राख्ने व्यवस्था रहेकाले थप डि.आर.टि.बीका रोगीहरुका लागि समस्या भईरहेको फोकल पर्सन यादवले जानकारी दिनुभयो ।

 

`
12 comments
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

2 घन्टा पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

2 घन्टा पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

1 दिन पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

1 दिन पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 दिन पहिले