ठगी आरोपमा सहकारी अध्यक्ष यादव पक्राउ
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
ढल्केवर । सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रुवनारायण यादव लाई धनुषा प्रहरीले पक्राउ गरेको छ । सहकारी सङ्घ धनुषाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत रहेका यादवलाई उजृुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो ।पक्राउ परेका यादवमाथि स्थानीय कुभोलियादेवी यादवको रकम अपचलन गरेको आरोप छ । कुभोलियादेवीले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपियाँ ऋण लिएको र पछि सो रकम चुक्ता गरेपनि यादवले जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी अध्यक्ष यादवले करिब २५ लाख रुपियाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको देखिएको प्रहरीको भनाई छ । पक्राउ परेका सहकारीका अध्यक्ष यादवमाथि मङ्गलबार जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । साभार : गोरखापत्र
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
39 मिनट पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
42 मिनट पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
1 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
1 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले