Janakpurdham
Sat, Aug 23, 2025
`

ठगी आरोपमा सहकारी अध्यक्ष यादव पक्राउ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

ढल्केवर ।  सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रुवनारायण यादव लाई धनुषा प्रहरीले पक्राउ गरेको छ । सहकारी सङ्घ धनुषाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत रहेका यादवलाई उजृुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो ।पक्राउ परेका यादवमाथि स्थानीय कुभोलियादेवी यादवको रकम अपचलन गरेको आरोप छ । कुभोलियादेवीले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपियाँ ऋण लिएको र पछि सो रकम चुक्ता गरेपनि यादवले जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी अध्यक्ष यादवले करिब २५ लाख रुपियाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको देखिएको प्रहरीको भनाई छ । पक्राउ परेका सहकारीका अध्यक्ष यादवमाथि मङ्गलबार जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । साभार : गोरखापत्र

`
12 comments
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

2 मिनट पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

9 मिनट पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

3 दिन पहिले