Janakpurdham
Mon, Sep 08, 2025
`

विपन्नका लागि १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई परिपत्र

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई ताकेता गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफ ७० अनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने व्यवस्थाअनुसार गर्न परिपत्र गरेको हो ।मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले गत वैशाख १३ गते पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई यस सम्बन्धमा परिपत्र गरिएको तर पुनः विभिन्न माध्यमबाट यसको पालना नभएको गुनासो आएकोले मापदण्ड पालना गर्न अनुरोध गरिएको उल्लेख गरेका छन् ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आजै स्वास्थ्य मन्त्रीसँग भेटेर यस विषयमा ध्यानाकर्षण पनि गराएका थिए ।

साभार : नेपाल प्रेस

`
12 comments
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

23 घन्टा पहिले

जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!

–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..

23 घन्टा पहिले

आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..

काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..

23 घन्टा पहिले

सामाजिक संजाल सम्बन्धि सरकारको निर्णय गलत छ, पुनर्विचार ..

काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्ण..

3 दिन पहिले

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय: नागरिक स्वतन्त्रता मा..

जनकपुरधाम, भदौ १९ गते । नेपाल सरकारले हालै गरेको निर्णयले फेरि एक पटक देशभर बहस चर्किएको छ। सरकारले Facebook, YouTube, WhatsApp, Twitter (..

3 दिन पहिले