Janakpurdham
Fri, Mar 29, 2024
`

अत्यधिक गर्मीले जनजीवन प्रभावित

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, जेठ १८  गते । धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । 

घर बाहिर निस्कनै मुस्किल

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । 

बिरामी बढे

गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा दासको भनाइ छ ।डा. दासले भन्नुभयो, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ ।” दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा। दासको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो ।

बन्द हुँदै विद्यालय बन्द

समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ । क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेब यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताउनुभयो । “अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ ।” समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको प्रअ यादवले बताउनुभयो ।गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्‍याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउनुहुन्छ । “विद्यालयमा पङ्खा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ”, गुप्ताले भन्नुभयो, “बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन् ।” अभिभाव ज्योति झाले गर्मीका कारण नानीबाबु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको बताउनुभयो । “समयसमयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन”, झाले भन्नुभयो ।

`
12 comments
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानम..

काठमाडौं, चैत १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको ..

31 मिनट पहिले

एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ

सिरहा,चैत १६ गते । एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका ..

58 मिनट पहिले

श्री एयरलाइन्सको जहाज साढे २ घण्टा आकाशमा घुमेर सुरक्षि..

काठमाडौं ,चैत, १५ गते । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैर..

1 दिन पहिले

मधेशमा यसरी हुँदैछ एसईई परीक्षा, धनुषाबाट सबभन्दा बढी पर..

जनकपुरधाम, चैत, १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान आठ बजेदेखि परीक्षा सुरु भएको हो । आज पहिल..

1 दिन पहिले

देशमा स्थायी गठबन्धन छैन, मध्यावधिमा जानसक्ने भएकाले प्..

काठमाडौं ,चैत १३ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायी गठबन्धन कुनै नहुने भएकाले प्रदेश सरकार पर..

3 दिन पहिले