Janakpurdham
Sat, Aug 23, 2025
`

महिला जनप्रतिनिधिका महोत्तरीमा जिल्ला स्तरीय सञ्जाल गठन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम जेठ २५ गते । निर्वाचित महिला वडा सदस्यहरुको नेतृत्व विकासका लागि बुधबार महोत्तरीमा जिल्ला स्तरिय सञ्जाल गठन भएको छ । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुको बैठकबाट जलेश्वर नगरपालिकाकी महिला सदस्य सुदामा दासको अध्यक्षतामा सो संजाल गठन भएको हो । उक्त संजालकी सचिवमा बर्दिबास नगरपालिकाकी महिला सदस्इ लक्ष्मी परियारलाई चयन गरिएको छ भने अन्य पालिकाका महिला सदस्यहरुलाई सो संजालको सदस्य बनाइएको शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत महोत्तरी जिल्लाका महिला वडा सदस्यहरुको काम सहज र सुलभ तथा विभिन्न मुद्दाको पैरवी गर्न सञ्जाल गठन गरिएको उहाँले जानकारी दिनुभयो । सञ्जालले अगामी दिनमा महिलाको लागि बजेट छ्ट्याउने देखि महिला माथि हुने कुनै प्रकारको हिँसा हुनबाट बचाउछ ।साथै हिँसा गर्नेलाई सामाजिक वहिस्कार समेत गर्न शक्ति आर्जनका लागि सो महिला जनप्रतिनिधिकै सञ्जाल गठन गरिएको हो । महोत्तरी जिल्लामा माण्डवीले संचालन गरेको जलेश्वर नगरपालिका, बर्दिवास नगरपालिका, भंगहा नगरपालिका, औरही नगरपालिका, तथा पिपरा गाउँपालिकाका २४ जना महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो । निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकास लगायतका विषयमा माण्डवीले काम गर्दै आएको छ । स्थानीय सरकार संचालन ऐनले व्यवस्थापन गरेको कार्यहरुको कार्यान्वयन गराउन यो संजालको मुख्य काम हुने चौधरीले जानकारी दिनुभयो । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा माण्डवीले निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासका लागि विभिन्न चरणको प्रशिक्षण संचालन गरेपनि यो संजाल निर्माण गरेका हुन । मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन ।

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

3 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले