असारमा निक्षेपको ब्याजदर स्थिर रहने, कर्जाको घट्ने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ । आगामी असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन‘नेपाल बैंकर्स संघ (एनबीए)’ को मंगलबार बसेको बैठकले असारका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय भएको हो । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा ९.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । सोही ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले रातोपाटीलाई जानकारी दिए । तथापि, यता कर्जाको ब्याजदर भने घट्ने भएको छ । पछिल्लो समय बैंकमा निक्षेप बढ्दै गएका कारण घट्दो क्रममा रहेको अन्तर बैंकिङ ब्याजदर, लगानीको अभावका कारण बैंकहरुमा तरलता (लगानी योग्य पुँजी) थुप्रिन पुगेको छ । जसले बैंकहरुमाथि ब्याजदर घटाउनुपर्ने बाध्यता आइलागेको छ । सँगै केन्द्रीय बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा मार्फत १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्ने भएको अध्यक्ष केसीले बताए । हाल बैंकहरुले कर्जामा अधिकतम १२.०३ प्रतिशत ब्याजदर लिइरहेका छन् । साभार : रातोपाटी
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..
काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..
8 घन्टा पहिले
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..
8 घन्टा पहिले
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
2 दिन पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
2 दिन पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
3 दिन पहिले