असारमा निक्षेपको ब्याजदर स्थिर रहने, कर्जाको घट्ने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ । आगामी असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन‘नेपाल बैंकर्स संघ (एनबीए)’ को मंगलबार बसेको बैठकले असारका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय भएको हो । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा ९.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । सोही ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले रातोपाटीलाई जानकारी दिए । तथापि, यता कर्जाको ब्याजदर भने घट्ने भएको छ । पछिल्लो समय बैंकमा निक्षेप बढ्दै गएका कारण घट्दो क्रममा रहेको अन्तर बैंकिङ ब्याजदर, लगानीको अभावका कारण बैंकहरुमा तरलता (लगानी योग्य पुँजी) थुप्रिन पुगेको छ । जसले बैंकहरुमाथि ब्याजदर घटाउनुपर्ने बाध्यता आइलागेको छ । सँगै केन्द्रीय बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा मार्फत १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्ने भएको अध्यक्ष केसीले बताए । हाल बैंकहरुले कर्जामा अधिकतम १२.०३ प्रतिशत ब्याजदर लिइरहेका छन् । साभार : रातोपाटी
नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक माथिको प्रस्ताव राष..
काठमाडौं, भाद्र ५ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को सा..
13 घन्टा पहिले
डा. राजेन्द्र विमलजीको बाल्यकाल : प्रतिभा, प्रकृतिप्रेम ..
दिपेश मल्लिक मेरा पिताजी स्व. रामचन्द्र मल्लिक ‘मास्टर साहेब’ र डा. राजेन्द्र विमल बालसखाका रूपमा रहनुभएको..
13 घन्टा पहिले
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमा..
काठमाडौं, भदाै ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान ..
2 दिन पहिले
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : ग..
काठमाडौं, भदाै ४: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्त..
2 दिन पहिले
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
काठमाडौँ , भाद्र ३ गते । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्..
3 दिन पहिले