
पर्खाल फोरेर भागेका थुनुवा प्रहरी नियन्त्रणमा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

बर्दिबास, जेठ ३० गते । धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको क्षिरेश्वर नपा २ रम दैयाका २५ वर्षीय थुनुवा रोशन यादवलाई नियन्त्रणमा लिएको हो । प्रहरीले फरार यादवलाई औरही नपा १ स्थित उहाँको दिदीको घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा सोमवार नियन्त्रणमा लिएको जनाएको छ । जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार गत माघ १६ गते बिहान साढे ३ बजेतिर धनुषा स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको पर्खाल फोरेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । फरार मध्ये ५ जनालाई प्रहरीले पटक पटक गरी पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । साभार : गोरखापत्र

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
3 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले