अवैध भित्रिएका भारतीय गुट्खा बरामद
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
बर्दिबास, असार १ गते । महोत्तरी सर्लाही सीमा नजिकको गौसला नपा ७ स्थित जयपुर गाउँ नजिकबाट प्रहरीले विभिन्न ब्रान्डका भारतीय गुट्खा बरामद गरेको छ । प्रहरीले २०० बट्टा राजनीवास, ४० बट्टा तुलसी र ४० बट्टा रजनीगन्धा नामका गुट्खा नियन्त्रणमा लिएको हो । स्थानीय व्यापारीका अनुसार बरामद गुट्खा ४ लाख बढी मूल्यको हो । सर्लाही आसपासका क्षेत्रमा सीमा तस्करको गतिविधि बढेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाको टोलीले छ वटा प्लास्टिकको बोरासहित शुक्रवार बिहान उक्त गुट्खा बरामद गरेको जनाएको छ । महोत्तरी सर्लाही नजिकको भारतीय क्षेत्रबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गस्ती प्रहरीलाई देखि गुट्खा सहितका बोरा छाडी तस्कर भागेका थिए । नियन्त्रित गुट्खा आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारमा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ । साभार : गोरखापत्र
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
20 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
20 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
2 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
3 दिन पहिले