Janakpurdham
Sun, Oct 18, 2026
`

बालबालिका सपना परियोजनाको समिक्षा बैठक सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम असार १ गते । बालबालिकाको प्रारम्भिक बालविकास सम्बन्धी संचालित बालबालिका सपना परियोजनाको जिल्ला स्तरीय समिक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । बालबालिकाको मस्तिष्कको विकास देखि सुनौले हजार दिनमा हुने सबै प्रकारको विकासका सम्बन्धमा भएको कामका समिक्षा उक्त बैठकमा भएको हो । सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजना तथा प्लान ईन्टरनेसनलको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय धनुषाका निमित प्रमुख युगल किशोर यादवको अध्यक्षतामा भएको सो समिक्षा बैठकमा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल परियोजना संचालन भएको वडामा पाँच वर्ष भित्र हुने बालबालिकाको विकास छिमेकी वडा भन्दा परिष्कृत भए मात्र परियोजना सफल भएको मान्ने बताउनु भयो । उक्त परियोजना धनुषा जिल्लाको विदेह नगरपालिका तथा जनकनन्दनी गाउँपालिकाको दुई दुई वटा वडामा संचालित छन् । सो कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक विवश श्रेष्ठले परियोजना संचालन भएको २०२२ जुलाई देखि २०२३ जुन सम्मको बार्षिक लक्ष्य र उपलब्धीहरुका बारेमा सहभागी जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरु सम्मिढंछलत सो बैठकमा जानकारी गराउनु भएको थियो ।बैठकमा बोल्दै जनकनन्दिनी गाउँपालिका वडा नं. ४ की स्वास्थ्य स्वयं सेविका बबिता साहले गर्भावस्था देखि नै महिलाहरुको खाना, उपचार, औषधि लगायतका विषयमा प्रशक्षिण दिएको बताउनु भयो । उहाँले सुनौले हजार दिनका सबै चरणहरुका बारेमा समाजमा बैठकहरु गरेर महिला तथा पुरुषहरुलाई जानकारी गराई बालबालिकाको प्रारम्भिक विकासका सम्बन्धमा जानकारी गराएको बताउनु भयो । स्वास्थ्यकर्मीहरुले पनि प्रारम्भिक बाल विकासका सम्बन्धमा स्वास्थ्य कार्यालय मार्फत आम नागरिकलाई जानकारी गराउनु पर्ने बैठकमा सहभागीहरुले बताएका थिए । एक वर्ष भित्र सयौ बालबालिका केन्द्रिय बैठकका साथै बाल उत्प्रोरणा कक्षा निर्माण, स्वास्थ्यकर्मी, अभिभावक, पत्रकारहरुलाई प्रशिक्षण, नवजात शिशुको स्वागत समारोह, लिटोजाउलो बनाउने तरिकाका बारेमा जानकारी,अभिभावक शिक्षा लगायतका क्रियाकलापहरु गरिएको कार्यक्रम संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो । समिक्षा बैठकमा बोल्दै प्लानईन्टरनेसनलका तर्फबाट बोल्दै मिहिर झाले ग्रामिण स्तरमा बालबालिका सपना परियोजना अन्तरगत अभिभावक शिक्षा, सामुहिक सम्बाद जस्ता सामाजिक स्तरमा कार्यक्रम गर्दा पुरुषहरु नआउने समस्या रहेको उहाँले बताउनु भयो । साथै बैठकमा पुरुषहरु आएपछि महिलाहरु खुलेर बोल्नै नचाहने समस्याले बालबालिकाको विकास सम्बन्धी काम गर्न समेत समस्या भईरहेको बताउनु भयो ।

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

20 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

21 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

2 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

3 दिन पहिले