Janakpurdham
Sat, Aug 23, 2025
`

विश्व प्रसिद्ध मास्टर सेफ सन्तोष साहले जनकपुरधाममा ल्याए “मिथिला थाली”

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । विश्व प्रसिद्ध नेपाली तथा मिथिलाका छोरा मास्टर सेफ सन्तोष साहले आफ्नै मातृ भूमि जनकपुरधाममा मिथिलाको भोजन तथा संस्कृति झल्किने पहिलो प्रतिष्ठान सञ्चालनमा ल्याएको छ । विश्व विख्यात बनेका मास्टर सेफ सन्तोषले ख्याति कमाएका मिथिलाका परिकार पस्केर अतिथिलाई सत्कार गर्नका लागि जनकपुरधाममा “मिथिला थाली” नामक होटल एण्ड रेष्टुरेन्ट नामक प्रतिष्ठा सञ्चालनमा ल्याएका छन् । मिथिलाको गाउँ घरमा महिलाहरूले तयार पार्ने पिठौरी, अदौरीद दनौरी, तिलौरी, कुम्रौडी, सकरौडी, कडी कडही सहितका विभिन्न परिकारहरू परम्परागत चुलामा तयार पारेर अतिथिलाई सस्तो दरमा खुवाउने अठोट लिएका छन् । उनले आफूलाई रेष्टुरेन्ट सञ्चालनका लागि विश्वका दाताहरूले आग्रह गरेपनि आफूले यसको सुरुआत आफ्नै मातृ भूमिबाट आफ्नै लगानीमा गरेको जानकारी दिनु भएको छ । मिथिला थालीका साथै मिथिलाको पहिचान झल्किने आवास तथा पार्टी प्यालेस पनि सञ्चालनमा ल्याएका हुन् । 

यसबाट यस क्षेत्रको पर्यटन प्रवर्धनमा ठूलो मद्दत पुग्ने विश्वास विश्व प्रसिद्ध मास्टर सेफ सन्तोष साहको रहेको छ । आफूले यसै प्रतिष्ठानको नामबाट नेपालका विभिन्न ठूला शहरका साथै युरोपका विभिन्न मुलुक, नेपालीहरू बसोबास गर्ने खाडी मुलुकमा गरेर पाँच वर्ष भित्रमा १ सय प्रतिष्ठान सञ्चालन गर्ने अठोट सहित अगाडी बढेको बताउनुभयो ।  मिथिला थालीका स्वाद दिन चाहने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई २ सय ५० रुपैयाँमा भोजन गराउने बताउनु भयो । लागत मूल्यमा न्यून मुनाफा लिएर मिथिला भोजनका पारखीहरूलाई सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।  मिथिला थालीका साथै मिथिलाको गाउँमा उत्पादन हुने सामानहरूको खरिद आफ्नो सवारी साधनले खरिद गर्ने भएकाले यसबाट घर घरमा महिलालाई रोजगारीको अवस्था सृजना हुने र परम्परागत उत्पादनको प्रवद्र्धन एवं संरक्षण हुने विश्वास मास्टर सेफ साहको रहेको छ । करिब दुई करोडको लागतमा सञ्चालनमा ल्याएको मिथिला थाली नामक होटल एवं रेष्टुरेन्टको शाखा अन्यत्र खोल्नका लागि दाताहरू लगानी गर्नका लागि आफै आइरहेको उहाँले बताउनुभयो । निकट भविष्यमा नै नेपालको काठमाडौँ, पोखरा, मुग्लिङ, राजविराज, वीरगन्ज, नारायणघाट सहितका ठूला सहरहरूमा खोल्ने बताउनुभयो । बेलायतको रियालिटी कुकरी टिभी शृङ्खलाका विजेता साहले जनकपुरधामको रामानान्द चोकमा ‘मिथिला थाली बाइ सेफ सन्तोष साह’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गरिएको छ । २५० रुपैयाँमा १७ वटा परिकार खान पाइने बताउँदै साहले थाली वेचेवापतको तीन रुपैयाँ स्थानीय एक अनाथालयलाई प्रदान गरिने जानकारी दिनु भयो । मिथिला थाली नामक रेष्टुरेन्टमा मिथिला प्रसिद्ध परिकारहरू बिक्री गर्ने कक्ष पनि रहेको छ । यसबाट मिथिलाका परिकारहरू खरिद गरेर घरमा लगेर पकाउन मिल्ने उहाँले जानकारी दिनु भएको छ । पकाएको परिकार खान मिल्नुका साथै किनेर कोसेलीको रुपमा घर पनि लान मिल्ने भएको छ । यसका साथै सोही ठाउँमा मिथिला पेन्टिङको बिक्री कक्ष पनि रहने मास्टर सेफ साहले बताउनुभयो ।साभार : रेडियो नेपाल

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

3 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले