Janakpurdham
Sat, Aug 23, 2025
`

जनकपुरधाममा भाटभटेनीको २५ औँ स्टोर सञ्चालनमा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

नकपुरधाम । जनकपुरधाममा आज देखि नेपालको ठूलो सुपर मार्केटको रुपमा रहेको भाटभटेनी सुपरस्टोर आज देखि सञ्चालनमा आएको छ ।जनकपुरधामको वडा नंं १४ मुजेलीमा सञ्चालनमा आएको सो सुपर स्टोर प्राइभेट लिमिटेडलाई भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले विशेष पूजापाठको आयोजना गरेर शुभारम्भ गर्नु भएको छ । २५ औ स्टोरको रुपमा जनकपुरधाममा भाटभटेनी सञ्चालनमा आएको छ ।  दुई सय करोड भन्दा  बढीको लगानी भएको भाटभटेनी सुपर मार्केटमा उपभोक्तालाई चाहिने हरेक उपभोग्य सामाग्रीहरू एक्कै ठाउँमा उपलब्ध गरेको छ । १ विघा भन्दा बढी क्षेत्रफलमा फैलिएको भाटभटेनी सुपर स्टोरमा स्वदेश तथा विदेशमा उत्पादन भएका सम्पूर्ण सामाग्रीहरू बिक्रीका लागि राखिएको छ ।मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा शुरु भएको भाटभटेनी सुपर स्टोरको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा निर्माण व्यवसायी एवं जग्गा विक्रेता बलराम महतो रहनु भएको थियो ।भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएपछि हालका लागि २ सय युवा युवतिलाई रोजगारी मिलेको छ । पूर्ण रुपमा सञ्चालनमा आएपछि यसमा साढे तीनसय जना स्थानीयलाई रोजगारी मिल्ने सञ्चालक गुरुङले जानकारी दिनु भयो । साभार : रेडियो नेपाल

`
12 comments
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले

म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..

काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..

3 दिन पहिले

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..

काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..

3 दिन पहिले

‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..

3 दिन पहिले