
नदी कटानबाट गाउँले त्रसित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

लहान, असार १० गते । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले पश्चिमतर्फको किनारमा जग्गा कटान गरिरहेको छ। जग्गा कटानसँगै बाढी गाउँमा पस्ने भयले स्थानीय बासिन्दा त्रसित हुन थालेका छन्। लहान–२३, तिलोबना गाउँनजिक कटान भइरहेको र थप २० मिटर जग्गा कटान भए बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीय बासिन्दाले बताएका छन्। जग्गा कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको लहान–२३, करैयाका ८० वर्षीय घघन यादवले बताउनुभयो। “तीन दशकअघि थोरै क्षेत्रमा बलान नदी पूर्वतर्फबाट सिधा उत्तर दक्षिण बग्दा तिलेबोना र करैया गाउँका ५० बिघाभन्दा बढी खेती योग्य जमिन सुरक्षित थियो” उहाँले नदी कटानको कथा सनाउनुभयो, “हेर्दाहेर्दै ३० वर्षयता सबै उर्वर जग्गा बलान नदीले कटान गरेर अब गाउँ पनि बगाउने अवस्था आइसकेको छ। लालपुर्जा भएका जग्गा जति खोलामा छन्, किसानहरू सुकुमवासी भए।”गोरखापत्रले निरन्तर समाचार प्रकाशित गरेपछि मधेश प्रदेश सरकारको ससर्त अनुदानको २५ लाख रुपियाँ यस वर्ष नदी नियन्त्रणका लागि छुट्याइएको स्थानीय उपभोक्ता समितिका अध्यक्ष मुशहरू यादवले जानकारी दिनुभयो। त्यस रकमबाट ७० मिटरलाई मात्र पुग्ने हुँदा तत्काल तटबन्ध निर्माण कार्य सुरु भएको उहाँले बताउनुभयो। सात सय मिटर तटबन्ध निर्माण भए मात्रै कटान नियन्त्रण हुन सक्ने अवस्थामा यो रकम हात्तीको मुखमा जिरा भए जस्तै भएको २३ नम्बर वडाका वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो। उहाँका अनुसार सुक्खा मौसममा बलान नदी कटान नियन्त्रणका लागि सङ्घीय सांसद रामशङकर यादव, प्रदेश सभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिका सबैसँग सहयोग मागिएको थियो। प्रदेश सभा सदस्य ललिता दासको पहलमा २५ लाख रुपियाँ मात्रै आएपछि दीर्घकालीन समाधान नहुने भन्दै स्थानीय बासिन्दा असन्तुष्ट देखिएका छन्। गतवर्ष नगरपालिकाले १५ लाख रुपियाँ खर्च गरेर बोरामा बालुवा हालेर बनाएको तटबन्ध पहिलो पटक आएको बाढीले नै बगाएर लगेको थियो। यस वर्ष पनि वर्षाको समयमा सुरु भएको तटबन्ध निर्माण कार्य कतिको भरभपर्दो हुने भने चिन्ता स्थानीयवासीमा छ। बलान नदी कटानबाट लहान नगरपालिकाको वडा नं. ३, १९ र २३ सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ र भगवानपुर गाउँपालिकाको १ र ३ का सयौँ बिघा उर्वर जमिन कटान गरेर स्थानीय किसानलाई विपन्न र सुकुमवासी बनाइदिएको छ। साभार : गोरखापत्र

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले
म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : ..
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले..
3 दिन पहिले
संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने..
काठमाडौं, भदौ ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर ..
3 दिन पहिले
‘परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ’
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्..
3 दिन पहिले