Janakpurdham
Fri, Aug 07, 2026
`

नदी कटानबाट गाउँले त्रसित

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

लहान, असार १० गते । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले पश्चिमतर्फको किनारमा जग्गा कटान गरिरहेको छ। जग्गा कटानसँगै बाढी गाउँमा पस्ने भयले स्थानीय बासिन्दा त्रसित हुन थालेका छन्। लहान–२३, तिलोबना गाउँनजिक कटान भइरहेको र थप २० मिटर जग्गा कटान भए बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीय बासिन्दाले बताएका छन्। जग्गा कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको लहान–२३, करैयाका ८० वर्षीय घघन यादवले बताउनुभयो। “तीन दशकअघि थोरै क्षेत्रमा बलान नदी पूर्वतर्फबाट सिधा उत्तर दक्षिण बग्दा तिलेबोना र करैया गाउँका ५० बिघाभन्दा बढी खेती योग्य जमिन सुरक्षित थियो” उहाँले नदी कटानको कथा सनाउनुभयो, “हेर्दाहेर्दै ३० वर्षयता सबै उर्वर जग्गा बलान नदीले कटान गरेर अब गाउँ पनि बगाउने अवस्था आइसकेको छ। लालपुर्जा भएका जग्गा जति खोलामा छन्, किसानहरू सुकुमवासी भए।”गोरखापत्रले निरन्तर समाचार प्रकाशित गरेपछि मधेश प्रदेश सरकारको ससर्त अनुदानको २५ लाख रुपियाँ यस वर्ष नदी नियन्त्रणका लागि छुट्याइएको स्थानीय उपभोक्ता समितिका अध्यक्ष मुशहरू यादवले जानकारी दिनुभयो। त्यस रकमबाट ७० मिटरलाई मात्र पुग्ने हुँदा तत्काल तटबन्ध निर्माण कार्य सुरु भएको उहाँले बताउनुभयो। सात सय मिटर तटबन्ध निर्माण भए मात्रै कटान नियन्त्रण हुन सक्ने अवस्थामा यो रकम हात्तीको मुखमा जिरा भए जस्तै भएको २३ नम्बर वडाका वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो। उहाँका अनुसार सुक्खा मौसममा बलान नदी कटान नियन्त्रणका लागि सङ्घीय सांसद रामशङकर यादव, प्रदेश सभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिका सबैसँग सहयोग मागिएको थियो।  प्रदेश सभा सदस्य ललिता दासको पहलमा २५ लाख रुपियाँ मात्रै आएपछि दीर्घकालीन समाधान नहुने भन्दै स्थानीय बासिन्दा असन्तुष्ट देखिएका छन्। गतवर्ष नगरपालिकाले १५ लाख रुपियाँ खर्च गरेर बोरामा बालुवा हालेर बनाएको तटबन्ध पहिलो पटक आएको बाढीले नै बगाएर लगेको थियो। यस वर्ष पनि वर्षाको समयमा सुरु भएको तटबन्ध निर्माण कार्य कतिको भरभपर्दो हुने भने चिन्ता स्थानीयवासीमा छ। बलान नदी कटानबाट लहान नगरपालिकाको वडा नं. ३, १९ र २३ सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ र भगवानपुर गाउँपालिकाको १ र ३ का सयौँ बिघा उर्वर जमिन कटान गरेर स्थानीय किसानलाई विपन्न र सुकुमवासी बनाइदिएको छ।  साभार : गोरखापत्र   

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

22 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

22 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले