समुन्नत नगर बनाउने प्रतिबद्धता
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
लहान, असार ११ गते । लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै ‘हाम्रो लहान, सभ्य सुन्दर र समुन्नत लहान’ को नारा कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १६ करोड २२ लाख आठ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख महेशप्रसाद चौधरीले आइतबार आयोजित नगर सभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको हो। यसअघि नगर सभाको उद्घाटन गर्दै मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले लहान नपाको जनपक्षीय बजेट कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “मधेशको विकासका लागि कृषिलाई आधुनिकीकरण गर्न आवश्यक छ। कोशी कमला डाइभर्सन सञ्चालनका लागि टेन्डर लागि सकेको छ। मधेशको समृद्धिका लागि सिँचाइ मलखाद बजार व्यवस्थापन गर्न मधेश सरकारले काम गर्न तयारी थालिसकेको छ।” लहान नगरपालिकाले आँप उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने र आँपबाट बन्ने जुस उद्योग तथा आँप चिस्यानका लागि शीत भण्डारणसम्बन्धी कार्यक्रम ल्याए मधेश प्रदेश सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो।मधेश प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी र प्रदेश सभा सदस्य जिवछी यादवले लहान नगरपालिकाले तय गरेको नारा अनुसार नै ल्याएको बजेट कार्यान्वयन होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा तीनसम्म अङ्ग्रेजी माध्यम, स्थानीय पाठ्यक्रम, विद्यालयमा नर्सको व्यवस्था, छात्रावाससहितको प्राविधिक विद्यालय सञ्चालन गर्ने जस्ता शिक्षातर्फ २६ बुँदे कार्यक्रम तय गरेको छ। यसै गरी स्वास्थ्यतर्फ एक नगर अस्पताल निर्माण, वडा नम्बरको स्वास्थ्य चौकीलाई स्तरोन्नति, बर्थिङ सेन्टर स्थापना, निःशुल्क एम्बुलेन्स तथा शव वाहन सेवा, कृषितर्फ कस्टम आयरिङ सेन्टर स्थापना, लहानको आँपलाई ग्रेडिङ, प्याकेजिङ तथा ब्रान्डिङ, कृषकलाई अनलाइन सूचीकरण गरी किसान कार्ड लागु, कृषि सिँचाइ, डिप बोरिङ, सतह सिँचाइ सुविधा, कृषि सिँचाइ तथा विद्युत् मिटरमा अनुदान व्यवस्थालाई निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ। साभार : गोरखापत्र
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
18 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
18 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
2 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
3 दिन पहिले