Janakpurdham
Sun, Oct 18, 2026
`

आलु र प्याजमा लगाइएको भ्याट खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । आलु र प्याजमा लगाइएको भ्याट खारेजीको माग गर्दै जनकपुरधामका व्यापारीहरूले आज प्रदर्शन गरेका छन् । जनकपुरधामको पेठीया बजारबाट सुरु भएको व्यवसायीहरूको प्लेकार्ड तथा ब्यानरसहितको जुलुस नगरको परिक्रमा गर्दै जनक चौकमा आएर कोणसभामा परिणत भएकाे थियाे ।आलु र प्याजको उत्पादन नहुँदै मूल्यमा वृद्धि हुने गरी लगाइएको भ्याटका कारणले आम उपभोक्ता तथा यसको व्यापार गर्ने व्यवसायी र सरकारको राजश्वमा कमी आएको भन्दै भ्याट खारेजीको माग व्यापारीहरूले गरेका छन् ।आलु प्याज व्यवसायी सङ्घको अगुवाइमा भएको जुलुसलाई जनकपुरधाम उद्योग वाणिज्य सङ्घले समर्थन गरेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले आलु र प्याजको पर्याप्त उत्पादन नहुँदै भ्याट लगाउने कामले आम उपभोक्ताहरू मारमा परेको बताउनुभयाे ।उहाँले आलु तथा प्याजमा लगाइएको भ्याटका कारणले आम जनता थप करको बोझमा परेको र आम व्यवसायीहरूको व्यापार व्यवसायमा नकारात्मक असर परेको बताउनुभयो । अहिले आलुको मूल्य प्रतिकिलो ७० तथा प्याजको मूल्य ८० रुपैयाँ पुगेको छ ।साभार : रेडियो नेपाल

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

18 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

18 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

2 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

3 दिन पहिले