
आलु र प्याजमा लगाइएको भ्याट खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । आलु र प्याजमा लगाइएको भ्याट खारेजीको माग गर्दै जनकपुरधामका व्यापारीहरूले आज प्रदर्शन गरेका छन् । जनकपुरधामको पेठीया बजारबाट सुरु भएको व्यवसायीहरूको प्लेकार्ड तथा ब्यानरसहितको जुलुस नगरको परिक्रमा गर्दै जनक चौकमा आएर कोणसभामा परिणत भएकाे थियाे ।आलु र प्याजको उत्पादन नहुँदै मूल्यमा वृद्धि हुने गरी लगाइएको भ्याटका कारणले आम उपभोक्ता तथा यसको व्यापार गर्ने व्यवसायी र सरकारको राजश्वमा कमी आएको भन्दै भ्याट खारेजीको माग व्यापारीहरूले गरेका छन् ।आलु प्याज व्यवसायी सङ्घको अगुवाइमा भएको जुलुसलाई जनकपुरधाम उद्योग वाणिज्य सङ्घले समर्थन गरेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले आलु र प्याजको पर्याप्त उत्पादन नहुँदै भ्याट लगाउने कामले आम उपभोक्ताहरू मारमा परेको बताउनुभयाे ।उहाँले आलु तथा प्याजमा लगाइएको भ्याटका कारणले आम जनता थप करको बोझमा परेको र आम व्यवसायीहरूको व्यापार व्यवसायमा नकारात्मक असर परेको बताउनुभयो । अहिले आलुको मूल्य प्रतिकिलो ७० तथा प्याजको मूल्य ८० रुपैयाँ पुगेको छ ।साभार : रेडियो नेपाल

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
13 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
13 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
13 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले