Janakpurdham
Sun, Oct 18, 2026
`

होटलमा हुने बाल श्रमलाई न्युनिकरण गर्न सरोकारबला संग पैरवी सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असार १४ गते ।होटल व्यवसायमा हुने बाल श्रमिक संग मानवीय व्यवहार गर्न जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेटले आग्रह गर्नुभएको छ । जनकपुरधाममा संचालित प्रायः होटलहरुमा काम गरिरहेका बाल श्रमिकहरुलाई कामको साथै उचित पारिश्रमिक समेत नपाइएको अवस्थामा उनिहरुको आधारभुत शिक्षामा पहूँचको लागि समेत अगाडी आउनु पर्ने आवश्यक्ता रहेको उहाँले बताउनु भयो । राज्यले शिक्षा र स्वास्थ्यको सुबिधाको ग्यारेन्टी गरेको व्यापारीहरुले ५० प्रतिसत सम्म कर दिन सक्ने अध्यक्ष महासेठले बताउनु भयो ।सबै बालबालिका पुर्ण समय औपचारिक दिवा स्कुलमा हुनुपर्ने आभियानका साथै आसमान नेपालले संचालन गरेको श्रमिक बालबालिकाहरुको सहभागिता सम्बन्धी सरोकारबलाहरु संगको पैरवी कार्यक्रममा श्रम कार्यालय जनकपुरका वरिष्ठ श्रम अधिकृत धर्मराज रोकायाले सहभागीहरुलाई श्रम सम्बन्धी संबैधानिक नीतिहरु , श्रमको सम्मान राष्ट्रको अभियान रणनिती २०७८, सामाजिक सुरक्षा सम्बन्धी कानुनी प्रबन्धहरु ल्गायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । जर्मन संस्था किन्डर नट हिल्फ (के.एन.एच) को सहयोगमा आसमान नेपाल तथा जनकपुरधाम उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरुलाई लिसनिङ टु द एक्सपर्ट परियोजना अन्तरगत बाल श्रमको अवस्थाका बारेमा जानकारी गराईएको थियो । सो परियोजनाका संयोजक दिपेन्द्र तिवारीले श्रमिक बालबालिकाहरुको सहभागीता, बालबालिकाले श्रम गर्नुपर्ने कारणहरु,श्रमिक बालबालिकाहरु संग गरिएको परामर्श भेलाबाट आएको मुख्य समस्याहरु त्था सुझाबका बारेमा होटल व्यवसायीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी जमुना भुजेलले जनकपुरधाम क्षेत्रलाई बाल श्रमिक मुक्त बनाउन ध्यान दिनुपर्ने बताउनु भयो ।यहाँका होटेलहरुमा काम गर्ने महिला श्रमिकहरुको काम गर्ने समय र ती अनुसारको तलब दिन समेत होटलका संचालकहरु मध्ये अधिकाशंले नदिने गरेको बताउनु भयो ।आसमान नेपालले यो परियोजना अन्तरगत अहिले सम्म बाल सहभागिता र बालमैत्री परामर्श सम्बन्धि क्षमता विकास तालिममा ३० वटा गैर सरकारी संस्थाका ५९ जना कर्मचारीलाई बाल सहभागिचता र बाल मैत्री परामर्श सम्बन्धि क्षमता विकास तालिम प्रदान गरिएको छ । आसमान नेपालले मधेश प्रदेशमा ८ वटा परामर्श बैठकमा एक सय १६ जना गरी कुल ४ वटा प्रदेशका २५ वटा बैठकमा ३ सय ६४ जनालाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक तिवारीले जानकारी दिनुभयो । उक्त पैरवी कार्यक्रममा जनकपुरधामका होटल संचालकहरु, श्रमिक, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह , आसमान नेपालकी कौशल्या महतो लगायतका सरोकारबलाहरुको सहभागिता रहेको थियो ।

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

17 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

18 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

2 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

3 दिन पहिले