
अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ। एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ।पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन्। फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन्।फ्रान्सको आइफल टावरमात्रै होइन, पर्यटक आकर्षित गर्न दुबईमा बुर्ज खलिफा, इटालीमा लिनिङ टावर, जापानमा स्काइट्रीलगायत विश्वका कैयन् देशले यस्ता संरचना बनाएका छन्।ती संरचनामार्फत ती देशले विदेशी पर्यटक भित्र्याएका छन् र विदेशी मुद्रा पनि आर्जन गरिरहेका छन्। नेपालबाट पनि बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक आइफल टावर र बुर्ज खलिफालगायतका संरचना हेर्न जाने गरेका छन्।अब भने यस्ता अग्ला टावरबाट सहर नियाल्ने अवसर नेपालमै पनि प्राप्त हुने भएको छ। सहरका गगनचुम्बी भवनभन्दा माथि ‘स्काइवाक’ गर्दै सहरको तीन सय ६० डिग्रीमा भ्यू हेर्न नेपालमै पाइने भएको छ।काठमाडौँ कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको यस स्काइवाक टावरको आज ‘सफ्ट ओपनिङ’ हुँदैछ। अर्थात् सर्वसाधारणले आजदेखि टिकट काटेर अवलोकन गर्न पाउने भएका छन्।कुल ७८ दशमलव पाँच मिटर अग्लो यस टावरमा रु दुई अर्ब लगानी भएको निर्माता कम्पनी वन्डर नेपाल प्रालिका अध्यक्ष आविष्कार पोख्रेलले जानकारी दिए। “टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुन्छ, यसप्रकारको संरचना नेपालमा पहिलोपटक निर्माण गरिएको हो”, उनले भने।
कमलादीस्थित गणेश मन्दिर छेउको यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ। टावरबाट उपत्यका सहर हेर्नेमात्रै होइन १८, १९ र २०औँ तलामा निर्मित ‘एम्पिथिएटर’ रेष्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिन्छ।टावरको २१औँ तलामा उभिएर छेवैको एक सय वर्षभन्दा बढी पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घन्टाघरको ‘एरियल भ्यू’ हेर्दा निकै रोमाञ्चक लाग्छ।त्यति नभएर अलिक पर समानन्तर उभिएको धरहरा, टुँडिखेलका साथै अग्ला भवनहरू पनि हेर्न पाइन्छ। टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ। टावरबाट केही किलोमिटरको दूरीमा रहेको स्वयम्भू स्तुपा नजिकै लाग्छ। साथमा उपत्यकालाई छेकिरहेका पहाडलाई नजिकैबाट नियाल्न सकिन्छ।हाल स्काइवाकमात्रै निर्माण गरिए पनि दोस्रो चरणमा यहाँ बञ्जी र स्वीङलगायतका पर्यटकीय संरचना पनि थप्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए।टावरदेखि १८औँ तलासम्म जानका लागि दुईवटा लिफ्टको व्यवस्था गरिएको छ। जहाँ ३० सेकेन्डमै माथि पुग्न सकिन्छ। दुईवटा लिफ्टबाट २४ जनाका दरले एकैपटकमा ४८ जना माथि जान सकिन्छ।सबैभन्दा माथिल्लो तलामा रहेको डेक एरियामा एकैपटकमा पाँच सयभन्दा बढी अट्ने गरी बनाइएको कम्पनीका सञ्चालक तेजबहादुर सिंहले जानकारी दिए।उनका अनुसार टावरका तीन तलाका रेष्टुराँमा एकैपटक एक हजार जनाभन्दा बढी बस्न सक्ने गरी संरचना निर्माण गरिएको छ र टावरमाथि नै शौचालयको व्यवस्था पनि गरिएको छ ।स्काइवाकका लागि सिसा राखिएको तलाभन्दा माथि नेपालको झन्डा फहराइएको छ। त्यहाँ पुग्नका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ र एकपटकमा दुई जनाभन्दा बढी जान मिल्दैन।कुल १३ रोपनी दुई आनामा फैलिएको क्षेत्रफलमा पार्किङको सुविधाका साथै बगैँचा पनि अवलोकन गर्न सकिन्छ भने सोही परिसरमा रहेका ३६ वटा सटरमा रेष्टुराँलगायतका सुविधा पनि उपलब्ध हुनेछन्। कम्पनीका अनुसार माथिल्लो तलामा प्रयोग भएको सिसालाई पाँच तहमा राखिएको छ।सबैभन्दा मुनि १० एमएम आकार र त्यसमाथि एक दशमलव पाँच एमएम, १० एमएम, एक दशमलव पाँच एमएम र फेरि १० एमएमको सिसा प्रयोग गरिएको छ।स्काइवाकका लागि कम्पनीले टिकटका लागि प्रतिव्यक्ति रु एक हजार तोकेको छ। तीन फिटभन्दा कम उचाइ भएका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन भने ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ। कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ।कम्पनीमा करिब ९० जना सेयरधनी रहे पनि सञ्चालकमा आविष्कार पोख्रोल, लोकनाथ अधिकारी, विष्णु काप्री, खेम न्यौपाने र तेजबहादुर सिंह छन्। कम्पनीले यसअघि इलामको कन्याममा स्काइवाक सञ्चालनमा ल्याइसकेको छ भने धनकुटाको भेडेटारमा पनि स्काइवाक निर्माण गर्दैछ।साभार : डिसी नेपाल

देशले पाउला त पहिलो महिला प्रधानमन्त्री ? यस्तो छ सुशीला..
काठमाडौं ,भदौ २५ गते । जेजी आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावनाको ढोका उघारेको छ । आज ब..
5 घन्टा पहिले
देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्द..
काठमाडौं ,भदौ २५ गते । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएप..
5 घन्टा पहिले
आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..
काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..
1 दिन पहिले
प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत
काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..
1 दिन पहिले
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
2 दिन पहिले

-
देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्दीकाठमाडौं । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएपछि एकपछि अर्को कारागारहरूमा आगो सल्किरहेको छ । रविलाई कारागारबाट निकालिएपछि नख्खुसहित देशभरका कारागारमा कैदीहरूले तोडफोड तथा आगजनी गर्दै भागिरहेका छन् । ‘जेन–जी’ आन्दोलनबाट सिर्जना भएको संकटको फाइदा उठाउँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई रिहा भएपछि देशभरका कारागारहरूबाट हजारौँ कैदीबन्दीहरू भागेका छन् । उनको रिहाइपछि देशव्यापी रूपमा कारागार विद्रोहको आगो सल्काएको छ । बुधवार बिहानैदेखि डिल्लीबजारस्थित कारागार कार्यालय तनावग्रस्त बन्यो । केही कैदीबन्दी भाग्न खोजेपछि बुधवार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो । प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो । एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्काथरिले त्यसो गर्न हुँदैन भनिरहेका थिए । हिजो मंगलबार बिहानसम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थितपछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्नेलाई सम्हालिरहेका थिए । आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँ जेलर, प्रशासन प्रमुखसहित कोही पनि कर्मचारी छैनन् । कैदीबन्दीले भित्र होहल्ला र आगजनी गरे । सेनाले हाई अलर्ट पोजिसन लिएपछि कैदीबन्दी पछाडि हटे । उनीहरूलाई सेना ‘सुरक्षित स्थान’ भन्दै अन्यत्र लिएर गएको छ । भाग्न नहुने पक्षका बन्दी भने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नाम चलेका व्यक्ति रहेका छन् । त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, यामबहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ललगायतका छन् । तर, देशभरका विभिन्न स्थानबाट कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । नख्खुबाट सुरू भएको कारागार विद्रोहको शृङ्खला अझै मत्थर हुन सकेको छैन । देशभर नेपाली सेना परिचालन गरिएपनि कारागारमा रविको रिहाइपछि कैदीबन्दीहरूप्रति असन्तुष्टि बढेको पाइएको छ । रवि बसेको नख्खु कारागार रित्तिएको छ । सुन्धारा कारागारबाट तीन हजार बढी कैदी भोगेका छन् । उक्त कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी समेत फरार भएका छन् । धादिङ कारागारबाट पनि कैदीहरू भाग्न थालेपछि सेनाले गोली चलायो । जहाँ एक जनाको मृत्यु भएको छ । त्यसबाहेक कपिलवस्तु कारागारबाट ४ सय कैदीबन्दी भागेका छन् भने सिन्धुलीबाट सयौँको सङ्ख्यामा कैदी निस्किएका छन् । रसुवा कारागारबाट करिब सयको सङ्ख्यामा कैदी भाग्दा डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् । सुनसरीको झुम्का जेलबाट अधिकांश कैदी भगाइयो । मोरङ कारागारबाट पनि कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्यो । धुलिखेलस्थित जिल्ला कारागारमा पनि कैदीहरूले आगो लगाए । उनीहरूले लगाएको आगो दमकल प्रयोग गरेर दुई घण्टापछि नियन्त्रणमा आयो । आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालियो । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको छ । कारागारभित्र नारा जुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीको भनाई छ । जलेश्वर कारागारबाट पाँच सय बढी कैदी भागेका छन् । विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् । नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् । देशभरबाट कति कैदी फरार भएभन्ने यकिन तथ्यांक छैन । तर, कारागाभित्रैबाट भाग्नै प्रयास गर्दै कैदीहरूले विद्रोह गरिरहेका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।
-
आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको आग्रह
-
प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत
-
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, घाइतेको संख्या ३०० नाघ्यो