‘महिलाहरूलाई सबल र सशक्त बनाउन उत्पादनसँग जोड्न जरुरी’
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता कुमारी यादवले आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्न महिलाहरूलाई उत्पादनसँग जोड्न आवश्यक भएको बताउनुभएको छ ।नेपाल सरकारको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र काठमाडौँले जनकपुरधाममा आयोजना गरेको निकासीयोग्य वस्तुको उत्पादनका लागि क्षमता वृद्धिका साथै ब्राण्डिङ्ग, प्रशोधन, प्याकेजिङ्ग एवं गुणस्तर नियन्त्रण सम्बन्धी प्रशिक्षणमा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनका लागि मिथिलाका महिलाहरूले घर घरमा उत्पादन हुने अदौरी, दनौरी, तिलौरी, चरौरी, कुम्हरौडी, अरिकोच जस्ता खाद्यान्नको परिकारहरूको वैज्ञानिक उत्पादन तथा प्रशोधनका साथै बजारीकरण हुन आवश्यक भएको बताउनुभयो ।

माओवादी केन्द्रका नेतृ समेत रहनुभएका मन्त्री यादवले सीपलाई उद्योगसँग जोड्न सके मधेशका महिलाहरूमा रहेको पछौटेपनाको समस्याको अन्त्य हुनुका साथै आत्मनिर्भर बनाइ महिलामाथि हुने हिंसामा कमी ल्याउन सकिने बताउनुभयो ।पाँच दिनसम्म चलेको प्रशिक्षणको संयोजन गर्नुभएका इन्जिनियर प्रकाश झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षार्थी अर्पणा देवी मिश्रले सिकेका ज्ञानलाई कार्यरुपमा उतार्न र उत्पादनलाई व्यावसायिक बनाउन मेसिन तथा प्रविधि आवश्यक भएको बताउनुभयो ।साभार : रेडियो नेपाल
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
22 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
22 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले