
मधेस प्रदेशमा ट्राफिक इन्स्पेक्टर कठायतसँगै ३ जना सम्मानित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

रौतहट । मधेस प्रदेशमा उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी इन्स्पेक्टरसँगै तीन जना नगद पुरस्कार सहित कदरपत्रबाट सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार सम्मानित भएका हुन्। ढल्केवर स्थित शनिबार एक समारोहबीच नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगद सहित कदर पत्रबाट उनीहरूलाई सम्मानित गरिएको थियो।इन्स्पेक्टर कठायत लगायत तीनै जना ट्राफिक सेवामा रही पुर्याएको विशेष योगदानको उच्च मुल्यांङ्कन सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया वाराका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेका थिए । मधेस प्रदेशले प्रत्येक वर्ष ट्राफिक प्रहरीमा उत्कृष्ट हुने ३ जनालाई सम्मानित गर्दै आएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। कार्यक्रममा मधेस प्रदेशका व्यापारी तथा प्रहरी प्रमुखको सहभागिता रहेको थियो।साभार : रातोपाटी

वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..
जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..
6 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
21 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
21 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले