Janakpurdham
Fri, Aug 07, 2026
`

पोषण र वातावरण मैत्री सोहजनमा लगानी बढाउन वकालत कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार १९ गते । मधेशमा सहजै रुपमा उत्पादन हुने शरीर र वातावरणका लागि अति लाभदायक सोहजनको उत्पादनमा बृद्धि गर्न विभिन्न सरोकारबलाहरु संग वकालत कार्यक्रम मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ । सरकारी तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा मधेशका बाँझो तथा पानी कम लाग्ने ठाउँमा यसको उत्पादन बढाई पोषर, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समृद्धिको क्षेत्रमा काम गर्न सकिने सरोकारबलाहरुले बताएका छन् ।आँगन जनकपुरको आयोजना तथा चन्द्रनगर गाउँपालिका सर्लाहीको सहयोगमा भएको सोहजन अभियानमा लगानी गर्न प्रदेश एवं संघीय सरकार तथा दातृ निकाय र निजी क्षेत्र संगको वकालत कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै चन्द्रनगर गाउँपालिका सर्लाहीका अध्यक्ष राजकुमार महतोले मधेशमा सोहजनको उत्पादन बढाई आर्थिक, पोषण तथा वातावरण क्षेत्रमा काया पलट हुने बताउनु भयो । आफु विगतका समय देखि नै सोहजन खेतीको फइदाका बारेमा जानकारी गराउदैक अहिले पालिकामा व्यवासयिक सोहजन खेती गरी यसबाट बहुआयामिक रुपमा फाइदा लिन सक्ने भएकाले अभियान संचालन गरिएको बताउनु भयो । सोहजनका तरकारी, यसको पातको सेवा लगायतका प्रयोग गरी ३ सय भन्दा बढी रोगको रोकथाम तथा उपचार गर्न सकिने र यसको ९२ प्रकारको पोषक तत्व रहेकाले सबै उमेरका तथा जुन सुकै रोग लगेकाले पनि खान सकिने हुँदा यो अति महत्वपुर्ण खाद्य पदार्थ रहेको बताउनु भयो ।

बजारमा यसको माग समेत बढेकाले व्यवसायिक रुपमा सोहजन खेतीले आर्थिक आम्दनी हूँदा यसले बैदेशिक रोजगारीलाई समेत कम गर्न सकिने उहाँले बताउनु भयो । सोहजनका रुख सबै भन्दाबढी कार्वनडाइअक्साइड सोषण गरी अक्सिजन फाल्ने भएकाले वातावरणीय दृटिकोणले समेत यो अति नै महत्वपुर्ण बृक्ष रहेको उहाँले बताउनु भयो । सोहिजनको पातको प्रयोगले शरीरमा धेरै फाइदा गर्नुका साथै यसको पात खानाले बाख्राहरुको मासू तथा गाईभैसीको दुध समेत थप पोषिलो हुने हुँदा हरेक तवरले यसको उत्पादन बढाउदा फाइदा हुने बताउनु भयो । यसको पात तथा हाँगाहरुबाट साबुन, कस्मेटिक सामानहरु समेत बनिरहेकाले अन्तराष्ट्रिय बजारमा सहीजनको माग बढेकाले मधेश क्षेत्रमा यसको उत्पादन बढाई आर्थिक उन्नतीको बटो खुल्ने बताउनु भयो। यसका लागि राष्ट्रिय तथा अन्रताष्ट्रिय स्तरका संस्थाहरुले समेत अनुदान दिने भएको कार्यक्रममा जनाइएको छ । व्यवसायिक सोहिजन खेती गरी यस संग सम्बन्धीत सामान बनाउन उद्योग समेत स्थापना गर्न सकिने हुँदा सोहिजन खेतीको सम्भावना बढेको आयोजक संस्था आँगन जनकपुरका अध्यक्ष मिथिलेश साहले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै कृषि बिज्ञ हृदयनारायण ठाकुरले सोहजनको प्रयोगले रोग संग लड्ने क्षमता बढ्नुका साथै यो पौष्टिकताले भरिएको तरकारी हूँदा सबैले प्रयोग गर्नुपर्ने बताउनु भयो । कमपानी भएको ठाउँमा यसको विउ तथा हाँगा रोपे पछि बिना केही लगानीको उत्पादन हुने हुँदा यो ओरगेनिक तरकारी सकेत रहेको उहाँले बताउनु भयो । सो कार्यक्रममा विभिन्न मन्त्रालयका कर्मचारी, गैर सरकारी संस्थाका पदाधिकारी, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

21 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

21 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले