Janakpurdham
Tue, Aug 19, 2025
`

मंगलमको निःशुल्क थाईराई मधुमेह परिक्षण शिविरको यात्रा जारी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम असार २३ गते । जनकपुरधामको अधिकांश ल्यावमा मधुमेह तथा थाईराइडको सहि परिक्षण विना नै विरामीलाई औषधी सेवनले समस्या भईरहेको बेलामा ख्याती प्राप्त मंगलम् डाइग्नोष्टिक सेन्टर प्रा.लि. सुरु गरेको निःशुल्क थाईराइड र मधुमेहको शिविर तेस्रो शनिबार पनि जारी रहयो । जनकपुरधामको तिरहुतिया गाछी देखि सुरु गरेको सो शिविर गत शनिबार जनकपुरधामको देवी चोकमा समेत शिविर सम्पन्न भएको थियो । शनिबार जनकपुरधाम ११ स्थित लक्षमण अखाडा स्थित जनता आधारभूत विद्यालयमा भएको सो निःशुल्क शिविरमा एक सय २९ जना महिला र ६४ जना पुरुष गरी कुल एक सय ९३ जनाले थाइराईड र मधुमेहको परिक्षण गराइएको सो डाइग्नोष्टिक सेन्टरका व्यवस्थापक नरेश लाभले जानकारी दिनुभयो । मनोकामना युवा कमिटीको आग्रहमा भएको सो शिविरको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गर्नुभएको थियो । पछिल्ला समयमा थाईराईडका विरामीको संख्यामा बृद्धि भईरहेको देखिएको छ । सही ल्याब रिपोर्टको आभवामा अधिकांश व्यक्तिमा थाईराईडको अवस्था सामान्य भएपनि औषधी सेवन गर्न चिकित्सकले भनेपछि बिरामीलाई औषधी सेवन गर्दा थाइराईड थप बड्ने वा मुटु सम्बन्धी रोग निम्ताइ रहेको छ । यस्तो अवस्थामा विस्वसनीय रहेको मंगलम डाइग्नोष्टिक सेन्टरले सस्तो मुल्यमा गुणस्तरीय ल्यावको व्यवस्था गरेकाले जनकपुर क्षेत्रका विरामीहरुका लागि सजिलो भएको छ । शनिबार भएको सो शिविरमा मनोकामना युवा कमिटीका तर्फबाट मंगलम् डाइग्नोष्टिक सेन्टरलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

`
12 comments
वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..

जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..

6 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

21 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

21 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले