Janakpurdham
Sat, Oct 25, 2025
`

व्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिए बैंक, अब कुन बैंकको सबैभन्दा बढी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । गत विहिबार बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेसँगै बैंकहरू पुन: व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएका छन् ।सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न  वाणिज्य बैंकहरूले साउन १ देखि लागू हुनेगरी नयाँ व्याजदर प्रकाशित गरेका छन् ।अहिले निक्षेपको सबैभन्दा बढी व्याजदर एनएमबी बैंकको देखिएको छ । यस बैंकले मुद्दती निक्षेपको व्याजदर १०.९८ प्रतिशत निर्धारण गरेको हो । एनएमबीका सीईओ सुनिल केसी बैंकर्स एसोसिएसनका अध्यक्षसमेत हुन् । यता प्राइम कर्मसियल बैंकले पनि १०.९३ प्रतिशत व्याजदर तोकेको छ । नबिल बैंकको १०.४९ प्रतिशत छ भने कुमारी बैंकको १०.१ प्रतिशत रहेको छ । एभरेष्ट बैंकले पनि १० प्रतिशत दिने जनाएको छ ।हिमालयन, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकको व्याजदर ९.९९ प्रतिशत रहेको छ ।माछापुछ्रे, नेपाल एसबीआई, सानिमा, प्रभु र कृषि वकास बैंकको मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशतमाथि छ । सबैभन्दा कम व्याजदर स्ट्याण्डर्ड चार्टड बैंकको ८.९५ प्रतिशत रहेको छ ।असारमा बैंकहरूले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत व्याज दिइरहेका थिए । बैंकहरूले निक्षेपको व्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यसै अनुसार केही बैंकहरूले साउनका लागि व्याजदर बढाएका छन् ।

हेर्नुस् कुन बैंकको कति ?

साभार : नेपाल प्रेस

`
12 comments
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 घन्टा पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

3 घन्टा पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

2 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

2 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

3 दिन पहिले