Janakpurdham
Tue, Aug 19, 2025
`

प्रदेश स्तरीय महिलाबादी मञ्च आयोजना हुने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,५ गते साउन ।मधेश प्रदेशमा रहेको महिला अधिकार संग सम्बन्धित संघसंगठनहरुको समन्वयमा अगामी असोज २१ र २२ गते महिलाबादी मञ्चको आयोजना हुने भएको छ । शुक्रबार जनकपुरधाममा जिल्ला स्तरीय महिला मानव अधिकार रक्षकहरुकोे क्षमता अभिबृति तथा महिला अनुशिक्षण तालिममा बोल्दै सहभागीहरुले अगामी दिनमा हुने सो महिलाबादी मञ्चको आयोजनाका बिषयमा जानकारी गराएका थिए । महिला मानव अधिकार रक्षक संजालका मधेश प्रदेश संयोजक रेखा झाको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै ओरेक नेपालका मधेश प्रदेश कार्यालय प्रमुख श्रजना अर्यालले असोज २१ गते हुने महिलाबादी मञ्चको तयारीका बिषयमा जानकारी गराउदै उक्त मञ्चबाट प्रदेशमा रहेका महिला संग सम्बन्धित विषयहरुको उठान गरी समाधानका लागि विभिन्न कोणबाट छलफल गरिने बताउनु भयो । सो कामको लागि शुक्रबार उक्त समन्वय र सहकार्य गर्न अनुशिक्षणको आयोजना गरिएको थियो ।महिला अधिकारको क्षेत्रमा काम गरिरहेको प्रदेशका विभिन्न संघसस्थाहरुको सहभागितामा हुने उक्त मञ्चको आयोजना भएपछि समाजमा रहेको महिला विरुद्धको धेरै समस्याहरुको समाधानका लागि स्थानीय तह देखि अन्य सरोकारबलाहरु संग समन्वय गरिने उहाँले बताउनु भयो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रिंकु मिश्र,इन्सेकका मधेश प्रदेश संयोजक राजु पासमान, एडभोकेसी फोरमका प्रमुख अधिवक्ता राजकुमार महासेठ, महिला अधिकारकर्मी जमुना भुजेल, उन्नत नेपालका प्रमुख नागेन्द्र साह, माइती नेपालका धनुषा प्रमुख पुरुषोत्तम यादव, निल हिरा समाजका प्रदिप यादव, महिला अधिकारकर्मी रामकली ठाकुर लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

`
12 comments
वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..

जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..

6 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

21 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

21 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले