प्रदेश स्तरीय महिलाबादी मञ्च आयोजना हुने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,५ गते साउन ।मधेश प्रदेशमा रहेको महिला अधिकार संग सम्बन्धित संघसंगठनहरुको समन्वयमा अगामी असोज २१ र २२ गते महिलाबादी मञ्चको आयोजना हुने भएको छ । शुक्रबार जनकपुरधाममा जिल्ला स्तरीय महिला मानव अधिकार रक्षकहरुकोे क्षमता अभिबृति तथा महिला अनुशिक्षण तालिममा बोल्दै सहभागीहरुले अगामी दिनमा हुने सो महिलाबादी मञ्चको आयोजनाका बिषयमा जानकारी गराएका थिए । महिला मानव अधिकार रक्षक संजालका मधेश प्रदेश संयोजक रेखा झाको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै ओरेक नेपालका मधेश प्रदेश कार्यालय प्रमुख श्रजना अर्यालले असोज २१ गते हुने महिलाबादी मञ्चको तयारीका बिषयमा जानकारी गराउदै उक्त मञ्चबाट प्रदेशमा रहेका महिला संग सम्बन्धित विषयहरुको उठान गरी समाधानका लागि विभिन्न कोणबाट छलफल गरिने बताउनु भयो । सो कामको लागि शुक्रबार उक्त समन्वय र सहकार्य गर्न अनुशिक्षणको आयोजना गरिएको थियो ।महिला अधिकारको क्षेत्रमा काम गरिरहेको प्रदेशका विभिन्न संघसस्थाहरुको सहभागितामा हुने उक्त मञ्चको आयोजना भएपछि समाजमा रहेको महिला विरुद्धको धेरै समस्याहरुको समाधानका लागि स्थानीय तह देखि अन्य सरोकारबलाहरु संग समन्वय गरिने उहाँले बताउनु भयो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रिंकु मिश्र,इन्सेकका मधेश प्रदेश संयोजक राजु पासमान, एडभोकेसी फोरमका प्रमुख अधिवक्ता राजकुमार महासेठ, महिला अधिकारकर्मी जमुना भुजेल, उन्नत नेपालका प्रमुख नागेन्द्र साह, माइती नेपालका धनुषा प्रमुख पुरुषोत्तम यादव, निल हिरा समाजका प्रदिप यादव, महिला अधिकारकर्मी रामकली ठाकुर लगायतकाले मन्तव्य राख्नु भएको थियो ।
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
14 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
14 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
2 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले