Janakpurdham
Tue, Aug 19, 2025
`

जनकपुरधामका महिला जनप्रतिनिधिहरुलाई तीन दिने प्रशिक्षण सुरु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,साउन १० गते ।महिला जनप्रतिनिधिको नेतृत्व विकास गर्दै लैँङिगक समानताका क्षेत्रमा काम गर्दै आएका माण्डवीले जनकपुरधाम उपमहानगरपालिकाका २४ जना महिला जनप्रतिनिधिलाई तीन दिवसीय मध्यवर्तिय प्रशिक्षण बुधबार देखि सुरु गरेको छ । सो प्रशिक्षणमा सहभागीहरुलाई प्रशिक्षकद्वय सम्झना वर्मा र बेगबहादुर घिमिरेले नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी भढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलमा सहभागीहरुलाई सो प्रशिक्षण दिईरहेको उहाँले जानकारी दिनुभयो । शी लिड्स तालिमको मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै नैतिकवान, समस्या विश्लेषण, तथ्यांक विश्लेषण लगायतका विषयमा आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन । जनकपुरधाममा सुरु भएको सो प्रशिक्षणको मेयर मनोज कुमार साहले अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा बोल्दै उहाँले जनप्रतिनिधिहरुका विषयमा विभिन्न माध्यमबाट समाजमा हुने गरेको दुष्प्रचारलाई पछाडी गर्दै आफ्ना जनताका लागि काम गर्न महिला जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । राजधानी भईसकेकाले जनकपुरधामलाई थप व्यवस्थित गरी शहरलाई विकास तथा सौन्दर्यका क्षेत्रमा जनप्रतिनिधिहरुले दत्तचित भएर काम गरे फेरी जनताले चुनिने हुँदा माण्डवीले दिदै आएको विभिन्न चरणको प्रशक्षिणका क्रममा लिएको ज्ञानलाई समाजमा लगानी गरी आफ्नो नेतृत्व विकासमा लाग्न प्रशिक्षणमा सहभागी महिला जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उक्त मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युल शुक्रबार सम्म संचालन हुन्छ ।

`
12 comments
वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..

जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..

4 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

18 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

19 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले