Janakpurdham
Tue, Aug 19, 2025
`

जनकपुरमा सुरु भयो ‘राजागञ्ज’को छायांकन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । दीपक रौनियारको निर्देशनमा फिल्म ‘राजागञ्ज’को छायांकन जनकपुरमा सुरु भएको छ । फिल्मको छायांकन ४० दिनसम्म जनकपुरसहित पूर्वी नेपालका मोरङ र महोत्तरीमा चल्ने जनाइएको छ ।शनिबारदेखि जनकपुरको रामानन्द चोक क्षेत्रमा छायांकन सुरु भएको कार्यकारी निर्माता मणिराम पोखरेलले बताए । ‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्महरुका निर्माता रामबाबु गुरुङले यो फिल्मको निर्माण गरिरहेका छन् ।पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक, आशा मगराती, विजय बराल, घनश्याम मिश्र, पशुपति राई लगायतका कलाकारले अहिले छायांकन धमाधम गरिरहेका छन् । केही दिनमा दयाहाङ राईले समेत छायांकन सेट ‘ज्वाइन’ गर्नेछन् ।

फिल्मलाई अमेरिकी सिनेम्याटोग्राफर सेल्दन चाउले निर्देशन गरिरहेका छन् । यो उनको दशौं फिल्म हो । उनले खिचेका फिल्महरु कान्स, लोकार्नो, सनडान्स, टोरन्टो र भेनिस फेस्टिभलमा प्रदर्शन भइसकेका छन् ।

उनले खिचेको ‘नाफिज फादर’ले लोकार्नोमा शीर्ष पुरस्कार जितेको थियो भने सेनेगलको फिल्म ओस्कारमा पुगेको थियो । ‘राजागञ्ज’ समयविरुद्धको कथा (रेस अगेन्स्ट टाइम) पुलिस थ्रिलर फिल्म हो । दुई महिला मुख्य पात्रलाई फिल्ममा चित्रण गरिंदैछ ।जनकपुरमा फिल्म छायांकन गर्न उपमहानगरपालिका र स्थानीय प्रशासनले सहयोग गरेको जानकारी कार्यकारी निर्माताले पोखरेलले दिए । ‘नेपाली फिल्मलाई उनीहरुले अहिलेसम्म यतिको सहयोग गरेका थिएनन्,’ उनले भने । फिल्मको निर्माण नियन्त्रकमा विष्णु मैनाली छन् ।

तस्वीरहरु

       

 

`
12 comments
वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..

जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..

4 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

18 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

19 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले