
मानव बेचबिखन विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम साउन १५ गते । अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसका अवसरमा साउन १४ गते शान्ति पुनस्र्थापना गृहले धनुषा जिल्लाको जटही नाकामा जनचेतनमुलक कार्यक्रम सम्पनन गरेको छ । सो नाकाबाट समेत नेपाली महिलालाई भारतमा बेचबिखन गर्नका लागि लगिरहेको अवस्थामा धेरैजनालाई उद्धार गरिसकेका सो शान्ति पुनस्र्थापना गृहले गरेको कार्यक्रममा बोल्दै स्थानीयबासीहरुले नाकामा मानव ओसारपोसारमा केहि व्यक्ति सक्रिय रहेकाले थप कडाईको आवश्यक्ता रहेको बताएका थिए । स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको उपस्थितीमा भएको सो जनचेतनामुलक कार्यक्रममा गृहका धनुषा प्रमुख रिना झाले दिनुभएको जानकारी अनुसार २०७९ चैत १ गते देखि २०८० असार मसान्त सम्म २ सय ३२ जनालाई परामर्श सेवा प्रदान गरेको बताउनु भयो । जनकपुरधाममा शान्ति पुनस्र्थापना गृहको कार्यालय भएपनि जटही नाकामा समेत शाखा कार्यालय स्थापना गरी नेपालबाट भारत जानलागेका व्यक्ति मध्ये शंकालागेकाहरुलाई जाँच बुझ गर्दा एक सय १३ जनालाई सोधपुछ गरी १४ जनालाई उद्धार समेत गरिएको उहाँले बताउनु भयो । एक जना भारतीय नागरिकलाई समेत नेपालमा बेचबिखन तथा ओसारपोसारका ध्येयले ल्याईरहेको अवस्थामा उद्धार गरिएको छ । शान्ति पुनस्र्थापना गृहले चार महिनाको अवधीमा जनकपुरधाम बसपार्कबाट ११ जना, रेल्वेस्टेशनबाट १६ जना, र जटहीबाट १४ जना गरी कुल ४१ मनव बेचबिखनमा जानलागेकाहरुलाई उद्धार गरी घर फर्काइएको प्रमुख झाले जानकारी दिनुभयो । नगराईन नगरपालिका वडा नं. २ का कार्यबाहक अध्यक्ष रामपरि देवि मंडल, वडा सदस्य प्रदिप चौधरी लगायतका जनप्रतिनिधिहरुले समेत मावबेचविखन तथा ओसारपोसारका लागि जटही नाकालाई अपराधीहरुले बढी प्रयोग गरिरहेकाले यस्ता गतिविधिहरुलाई रोक्न प्रशासनले थप सक्रियता देखाउनुपर्ने बताउनु भयो ।यता, सो दिवसकै अवसरमा माइती नेपाल र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्ता आयोजनामा धनुषाको खजुरीमा मानवबेचबिखन विरुद्धमा सडक नाटक प्रदर्शन गरिएको माइति नेपालका धनुषा प्रमुख पूरुषोत्तम यादवले जानकारी दिनुभयो ।

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
2 मिनट पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
1 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
1 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
2 दिन पहिले
प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पता..
झापा, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने ब..
2 दिन पहिले