नेविसंघमा समानान्तर समिति घोषणाको तयारी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा असन्तुष्ट पक्षले समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्य थप गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर समितिको घोषणाको तयारी गरेको हो । सभापति देउवाले २०७८ चैत ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । अध्यक्ष मनोनीत गरेका १६ महिनापछि केन्द्रीय समितिमा ७ सय १० जनालाई मनोनीत गरिए पनि नेविसंघमा विवाद देखिएको हो ।केन्द्रीय समितिमा छुटेका विद्यार्थी नेताहरूले सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेको भन्दै आज दिउँसो पार्टी कार्यालय सानेपामा भेला बोलाएका हुन् ।
नेविसंघ नेता योगेन्द्र रावलले भने, ‘विद्यार्थीले पनि नचिन्ने, नेविसंघको विधानले पनि नचिन्ने कार्यसमिति विरुद्ध आन्दोलन हो । एक चेत भएको विद्यार्थीका लागि यो कदापि स्वीकार्य हुन सक्दैन । १२ औँ महाधिवेशन सुनिश्चित गर्न पनि हामीले विद्रोह सुरु गरेका हौँ ।’ उनकाअनुसार बुधवार दिउँसो २ बजे सानेपामा विद्यार्थी भेला हुनेछ।
नेविसंघ नेता अशोक विष्टले अन्यायमा पारिएका विद्यार्थी नेताहरूको न्यायका लागि नेविसंघमा समान्तर समिति गठन गर्न लागिएको बताए ।
‘लामो समय नेविसंघमा काम गरेका साथीहरूमाथि नेतृत्वले अन्याय गरेको छ। न्यायमा परेको साथीहरुको न्यायका लागि नेविसंघ केन्द्रीय समिति घोषणा गर्छ,’ उनले भने। आफूहरूले विधानअनुसार एक सय ५१ सदस्यीय नेविसंघ घोषणाको गृहकार्य गरिरहेको उनको भनाइ छ ।

जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..
काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..
4 घन्टा पहिले
सहीद परिवारलाई सुनारले भने- तिम्रो छोराले गोली खाएर देशल..
काठमाडौं, भदाै २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बल..
4 घन्टा पहिले
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..
सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..
1 दिन पहिले
विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्..
काठमाडौं, भदाै २२ : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्..
1 दिन पहिले
बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा
काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनः..
2 दिन पहिले
