Janakpurdham
Mon, Oct 27, 2025
`

नेविसंघमा समानान्तर समिति घोषणाको तयारी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा असन्तुष्ट पक्षले समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्य थप गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर समितिको घोषणाको तयारी गरेको हो । सभापति देउवाले २०७८ चैत ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । अध्यक्ष मनोनीत गरेका १६ महिनापछि केन्द्रीय समितिमा ७ सय १० जनालाई मनोनीत गरिए पनि नेविसंघमा विवाद देखिएको हो ।केन्द्रीय समितिमा छुटेका विद्यार्थी नेताहरूले  सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेको भन्दै आज दिउँसो पार्टी कार्यालय सानेपामा भेला बोलाएका हुन् ।

नेविसंघ नेता योगेन्द्र रावलले भने, ‘विद्यार्थीले पनि नचिन्ने, नेविसंघको विधानले पनि नचिन्ने कार्यसमिति विरुद्ध आन्दोलन हो । एक चेत भएको विद्यार्थीका लागि यो कदापि स्वीकार्य हुन सक्दैन । १२ औँ महाधिवेशन सुनिश्चित गर्न पनि हामीले विद्रोह सुरु गरेका हौँ ।’ उनकाअनुसार बुधवार दिउँसो २ बजे सानेपामा विद्यार्थी भेला हुनेछ। 

 नेविसंघ नेता अशोक विष्टले अन्यायमा पारिएका विद्यार्थी नेताहरूको न्यायका लागि नेविसंघमा समान्तर समिति गठन गर्न लागिएको बताए ।

‘लामो समय नेविसंघमा काम गरेका साथीहरूमाथि नेतृत्वले अन्याय गरेको छ। न्यायमा परेको साथीहरुको न्यायका लागि नेविसंघ केन्द्रीय समिति घोषणा गर्छ,’ उनले भने। आफूहरूले विधानअनुसार एक सय ५१ सदस्यीय नेविसंघ घोषणाको गृहकार्य गरिरहेको उनको भनाइ छ ।

363846642_146910128442612_4397688680437575338_n

साभार : रातोपाटी

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

8 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

8 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले