
अख्तियारको कर्मचारी भन्दै धम्की दिने दुई जना जनकपुरधामबाट पक्राउ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,भदौ २० गते । जनकपुरमा अख्तियारको कर्मचारी भन्दै धम्काएर ठगी गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३७ को अनिल सिंह र सोही ठाउँका वर्ष ३२ राहुल सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।उनीहरुले गत साउन ११ गतेदेखि भदौ १५ गतेसम्म जनकपुरधाम नगरभित्रका विभिन्न ७ वटा पसलहरूमा आफूहरू अख्तियारको कर्मचारी रहेको भन्दै व्यवसायीहरूलाई धम्की दिएर रकम असुली गर्दै आएका थिए ।कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौँ, तपाईँको पसल सिल गर्छौँ, भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने उनीहरूलाई खोजतलास गरी जनकपुरधाम उपमहानगरपालिका वडा नंं ७ भ्रमपुरा चोकबाट पक्राउ गरिएको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनु भयाे ।उनीहरूलाई बिआर ३० एबी ८८०४ नम्बरको भारतीय मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूलाई ठगी कसुर शीर्षक मुद्दामा ५ दिनको म्याद धनुषा अदालतबाट लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।साभार : रेडियो नेपाल

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
4 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
4 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
4 दिन पहिले