‘पत्रकारिताका लागि राजेश्वर नेपाली प्रेरणाका श्रोत’
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,भदौ २३ गते । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको १३ औँ पुण्य तिथिको अवसरमा नेपाल पत्रकार महासङ्घ धनुषाले आज श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।नेपाल पत्रकार महासङ्घको सभाकक्षमा आयोजना गरिएको सभामा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार स्वर्गीय नेपालीको नेपाली पत्रकारिता क्षेत्रमा रहेको योगदानको चर्चा गर्नुभयो ।सहभागी पत्रकारहरूले स्वर्गीय वरिष्ठ पत्रकार नेपाली नेपाली पत्रकारिता क्षेत्रका लागि सधैँ प्रेरणाको श्रोत रहने बताउँदै लोकतान्त्रिक आन्दोलन तथा साहित्यको क्षेत्रमा उहाँले गर्नुभएको योगदान चीर कालसम्म स्मरणीय रहिरहने उल्लेख गर्नुभयो ।वरिष्ठ पत्रकार वि एम खनालले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीले प्रजातन्त्रका लागि मिसन पत्रकारिताको सुरुआत गरेर अन्तिम समयमा पनि निरन्तरता दिनु सबै पत्रकारहरूका लागि प्रेरणायोग्य भएको बताउनुभयो ।कार्यक्रमका सभापति तथा नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले नेपालको पत्रकारिता क्षेत्रमा नेपालीको अभाव सधैँ खड्किरहने बताउनुभयो ।साभार : रेडियो नेपाल
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
1 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
1 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले