
‘पत्रकारिताका लागि राजेश्वर नेपाली प्रेरणाका श्रोत’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,भदौ २३ गते । वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको १३ औँ पुण्य तिथिको अवसरमा नेपाल पत्रकार महासङ्घ धनुषाले आज श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।नेपाल पत्रकार महासङ्घको सभाकक्षमा आयोजना गरिएको सभामा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार स्वर्गीय नेपालीको नेपाली पत्रकारिता क्षेत्रमा रहेको योगदानको चर्चा गर्नुभयो ।सहभागी पत्रकारहरूले स्वर्गीय वरिष्ठ पत्रकार नेपाली नेपाली पत्रकारिता क्षेत्रका लागि सधैँ प्रेरणाको श्रोत रहने बताउँदै लोकतान्त्रिक आन्दोलन तथा साहित्यको क्षेत्रमा उहाँले गर्नुभएको योगदान चीर कालसम्म स्मरणीय रहिरहने उल्लेख गर्नुभयो ।वरिष्ठ पत्रकार वि एम खनालले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीले प्रजातन्त्रका लागि मिसन पत्रकारिताको सुरुआत गरेर अन्तिम समयमा पनि निरन्तरता दिनु सबै पत्रकारहरूका लागि प्रेरणायोग्य भएको बताउनुभयो ।कार्यक्रमका सभापति तथा नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले नेपालको पत्रकारिता क्षेत्रमा नेपालीको अभाव सधैँ खड्किरहने बताउनुभयो ।साभार : रेडियो नेपाल

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
53 मिनट पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
55 मिनट पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले