बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जलेश्वर, भदौ २८ गते । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवम् धार्मिक महत्व बोकेको ठाउँ हो । रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण त्याग गरेको किम्वदन्ती छ । यहाँ विगतदेखि नै मेला लाग्ने गरेको छ । बुबाको मुख हेर्ने दिन तथा आमाको मुख हेर्ने दिनमा श्रद्धालु आउने गरेको स्थानीय शम्भु यादवले बताउनुभयो ।आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका विभिन्न ठाउँबाट समेत यहाँ सर्वसाधारण आउने गरेको स्थानीय नथुनी यादवले बताउनुभयो । बुबा, आमा नभएकाहरुले अन्धाअन्धी स्थानलाई आफ्ना बुबाआमाको सम्झनाको केन्द्र बनाएका छन् । रामायण कालमा मातापिताका अनन्त भक्त तथा परम आज्ञाकारी छोरा श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी बाबु आमालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी वाण लागि मृत्यु भएको र राजा दशरथले श्रवणकुमारका बाबुआमालाई पानी खुवाउन गएको बेला आफ्ना छोरा मरेको सुनेर अन्धाअन्धी पनि यसै ठाउँमा प्राण त्याग गरेको किम्वदन्ती छ ।अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखिनै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित छ । यस स्थानमा मन्दिर बनाइएको छ । यसको संरक्षण तथा सम्वद्र्धन हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । साभार : गोरखापत्र
गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..
6 मिनट पहिले
सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन पà..
काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्..
7 मिनट पहिले
कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..
मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..
22 घन्टा पहिले
देशका प्रमुख राजमार्गहरू अवरुद्ध, सतर्कता अपनाउन आग्रह
काठमाडौं, कात्तिक १४ : बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राà..
23 घन्टा पहिले
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
2 दिन पहिले