
अस्पतालभित्रै दुई चिकित्सकमाथि कुटपिट
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

हेटौँडा,भदौ २७ गते । हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ ।अस्पतालभित्रै डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट गरिएको हो । करिब एक महिनाअघि सञ्चो अस्पतालमा परीक्षण गराउन आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेङ्गु सङ्क्रमण भएको र चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पदमपोखरीका एक समूहले कुटपिट गरेको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले अस्पतालका दुईजना चिकित्सकमाथि कुटपिट भएको पुष्टि गर्नुभयो । उहाँले कुटपिट र समस्या समाधानका बारेमा छलफल चल्दै गरेको बताउनुभयो ।डेङ्गु सङ्क्रमण भएका प्रधान अस्पतालमा उपचारपछि घर गएको र पुनः सोही अस्पताल उपचारका लागि आएकोमा चितवनमा थप उपचारका लागि गएका प्रधानको उपचारको क्रममा मृत्यु भएको थियो । प्रधानका आफन्तलगायत कुटपिटमा संलग्न भएको हुनसक्ने भन्दै प्रहरीले कुटपिटमा संलग्नको खोजी र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।साभार : गोरखापत्र

आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्..
जनकपुरधाम ,वैशाख २७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको पहलगाममा गरेको आतंकी हमलाको प्र..
21 घन्टा पहिले
आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि भारतीय राजदू..
काठमाडौं ,वैशाख २७ गते । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएक..
21 घन्टा पहिले
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा- भारत र पाकि..
काठमाडौं ,वैशाख २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले युद्धविराम सहमति गरेको खुलासा..
21 घन्टा पहिले
मधेश प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण सरकारको उच्च ..
जनकपुरधाम , वैशाख २६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलक..
2 दिन पहिले
जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
3 दिन पहिले