Janakpurdham
Fri, Sep 19, 2025
`

अपांग महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवा पक्राउ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

पोखरा,भदौ ३० गते । स्याङ्जामा ३२ वर्षीया अपांग महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाले महिलालाई बलात्कार गरेको आरोपमा पुतलीबजारका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरेको हो ।परिवारको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए । प्रहरीका अनुसार घटना भदौ २० गतेको हो ।बौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कार गरेको भन्दै परिवारको भदौ २८ गते प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सुवास र मदनलाई २८ गते नै प्रहरी पक्राउ गरेको थियो ।‘परिवारबाट २८ गते उजुरी पर्‍यो । उजुरीपछि हामीले उहाँहरूलाई नियन्त्रणमा लिएका छौँ । सोही दिन नै ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ सूचना अधिकारी लामाले भने ।उनीहरूलाई जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुसन्धान प्रक्रिया भइरहेको छ ।साभार : नेपाल प्रेस

`
12 comments
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

19 घन्टा पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

19 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

2 दिन पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

2 दिन पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

3 दिन पहिले