अपांग महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवा पक्राउ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
पोखरा,भदौ ३० गते । स्याङ्जामा ३२ वर्षीया अपांग महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाले महिलालाई बलात्कार गरेको आरोपमा पुतलीबजारका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरेको हो ।परिवारको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए । प्रहरीका अनुसार घटना भदौ २० गतेको हो ।बौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कार गरेको भन्दै परिवारको भदौ २८ गते प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सुवास र मदनलाई २८ गते नै प्रहरी पक्राउ गरेको थियो ।‘परिवारबाट २८ गते उजुरी पर्यो । उजुरीपछि हामीले उहाँहरूलाई नियन्त्रणमा लिएका छौँ । सोही दिन नै ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ सूचना अधिकारी लामाले भने ।उनीहरूलाई जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुसन्धान प्रक्रिया भइरहेको छ ।साभार : नेपाल प्रेस
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
23 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
23 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले