
एन प्याब्सन धनुषामा सर्वसम्मतीेमा आशिष झाको नेतृत्वमा कार्य समिति
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुधाम, भदौँ ३० गते ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन (एन प्याबसन ) धनुषामा आशिष झाको नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्य समिति चयन भएको छ । केन्द्रिय उपाध्यक्ष तथा महासचिवको विशेष उपस्थितीमा शनिबार जनकपुरधाममा भएको एन प्यावसन धनुषाको नवौँ अधिवेशनाट झाको नेतृत्वमा चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रमोदकुमार अग्रवाल, उपाध्यक्षमा डा. अनिल कुमार अग्रवाल, सचिवमा दिपेन्द्र कुमार चौधरी, सहसचिवमा कञ्चन कर्ण, कोषाध्यक्षमा अभिषेक चौधरी सहकोषाध्यक्षमा अताबुल अहमद चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा सुर्यनाथ गोइत,राजु यादव, डा. सन्तोष कुमार कर्ण,महेन्द्र महतो, मिरा पाण्डे चयन हुनु भएको छ । एन व्याब्सनका निवर्तमान अध्यक्ष अवधेश तिवारीको अध्यक्षताामा भएको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शिक्षामा सुधारा लागि निजी विद्यालयलेथप ध्यान दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो। उहाँले शिक्षा सम्बन्धीविधेक आउदा सबैको हित तथा शिक्षाको गुणस्तरा सुधार आउने बताउनु भयो । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले शिक्षाको विकास तथा सुधारविना कुनैपनि क्षेत्रको विकास सम्भब नहुने बताउनु भयो । आफुले शिक्षाका उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उद्घाटन सत्रमा एन प्याब्सनका सहअध्यक्ष सुभाष न्योपाने, मधेश प्रदेश अध्यक्ष डा. नन्दन यादव लगायतकाले मन्तव्य राख्नु भएको थियो ।धनुषा जिल्लामा एन प्याब्सन संग आवद्ध ५६ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
1 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
2 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
2 दिन पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
3 दिन पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 दिन पहिले