
१०३ प्रकारका एन्टिबायोटिक उत्पादन र आयातमा प्रतिबन्ध
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असोज २ गते । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ ।विभागले सूचना निकाल्दै एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।एन्टिबायोटिकको प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्ने, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्यले विभागले यस्तो निर्णय गरेको हो ।विभागका अनुसार विश्व स्वास्थ्य सङ्गठनद्वारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र सम्मिश्रणलाई विभागले रोक लगाउने निर्णय गरेको हो ।
हाल बजारमा यस्ता औषधि बिक्री भइरहेको भए छ महिनाभित्र सक्नुपर्ने र छ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले अनुरोध गरेको छ ।
साभार : गोरखापत्र

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
17 घन्टा पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
17 घन्टा पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
2 दिन पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
2 दिन पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
3 दिन पहिले