
पत्रकार महासङ्घद्वारा जनकपुर जेसिज १४ रनले पराजित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, असोज ३ गते । संविधान दिवस तथा जनकपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको दोस्रो दिन आज जनकपुरधाममा नेपाल पत्रकार महासङ्घ र जनकपुर जेसिजका खेलाडी बीचमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।जनकपुरधामको ऐतिहासिक तीरहुतियागाछीको खेल मैदानमा आज बिहान सम्पन्न भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पत्रकार महासङ्घका पत्रकार खेलाडीहरू १४ रनले विजयी भएको छ ।टस जितेर ब्याटिङ रोजेका महासङ्घको क्रिकेट टिमले निर्धारित १२ ओभरको खेलमा पुरा ओभर खेल्दै १०७ रन बनाएका थिए । प्रतिउत्तर ब्याटिङ गर्न आएका जनकपुर जेसिजका खेलाडीहरूले निर्धारित ओभरको खेलमा ९३ रन मात्र बनाएका थिए ।नेपाल पत्रकार महासङ्घका तर्फबाट ४ विकेट लिएका पत्रकार घनश्याम मिश्र म्यान अफ दि म्याच घोषित भएका थिए । महासङ्घका तर्फबाट अविनाश झा तथा राहुल सिंहले टिमका लागि राम्रो रन जोडेका थिए ।यस अघि मैत्रीपूर्ण खेलको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले ब्याटिङ र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बलिङ गरेर गर्नु भएको थियो । साभार : रेडियो नेपाल

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
4 दिन पहिले