महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गंभीर घाइते , प्रहरीले कुनै चासो नलिएको पीडित मण्डलको आरोप
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
प्रिया कर्ण
जनकपुरधाम,असोज ६ गते । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-७ मा छिमेकीको कुटपिटबाट एक जना महिला गंभीर घाइते भएकी छन् । कुटपिटबाट स्थानीय रामसंजिवन मण्डलको श्रीमति सोनावत्ति मण्डल गंभीर घाइते भएकी छन् । घाइते सोनावतिलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको थियो त्यहाँ उनको उपचार सम्भव नभएपछि रामजानकी हस्पिटलमा उनको उपचार जारी रहेको छ । विहिबार अबेर साँझ सोही गाउँका विनोद मण्डल,सुबोध मण्डल,शिव कुमार मण्डललगायतले सोनावत्तिलाई मरासन्न गरी कुटपिट गरेको आरोप संजिवन मण्डलले लगाएका छन् । महिला महिला बीचको सामान्य विवादको क्रममा लागुऔषध सेवन गरेर आएका विनोद मण्डलसहितका व्यक्तिहरुले सोनावत्तिमाथि मरासन्न हुने गरी कुटपिट गरेको दुखेसो रामसंजिवनले पोखेका छन् । यता घटना भएको तीन दिनसम्म पनि प्रहरी प्रशासनले कुनै चासो नलिँदा पीडितहहर झन पीडा भोग्न बाध्य बनेका छन् । अहिले पनि पीडक पक्षले पीडितलाई प्रहरीमा निवेदन दिन गईस भने मार दिन्छु भन्दै धाक धम्कि समेत दिने गरेको राजसंजिवनले बताए । जनप्रतिनिधिले समेत पीडकलाई नै सहयोग गरिरहेको दनौलीकै एक जना युवकले बताए । कुटपिट पछि पनि प्र्रहरीले केहि गर्दै नगरेको भन्दै उनीहरु झनै बढी दादागिरी गर्दै खुलेआम घुमिरहँदा महोत्तरी प्रहरीमाथि ठूलो प्रश्न खडा भएको छ । यता यसबारेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सम्पर्क गर्दा यसबारे अहिलेसम्म कुनैै जानकारी नै नआएको बताइएको छ ।
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते न..
काठमाडौँ ,कार्तिक १२ गते । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाच..
5 घन्टा पहिले
मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग र..
जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन क..
5 घन्टा पहिले
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
1 दिन पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
1 दिन पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
2 दिन पहिले