Janakpurdham
Wed, Sep 10, 2025
`

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज ७ गते । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए।यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ।नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी र अविनाश बोहरा छन्। ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन्। साभार : डिसी नेपाल

 

`
12 comments
आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..

काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..

11 घन्टा पहिले

प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत

काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..

11 घन्टा पहिले

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

1 दिन पहिले

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..

1 दिन पहिले

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

2 दिन पहिले