Janakpurdham
Sun, Jun 14, 2026
`

महिला साक्षरता बचत तथा ऋण सहकारी संस्थाले २३ औं बार्षिक साधारण सभा मनाउँदै ।

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 दिपक बस्नेत
मंसिर १७, तामाकोशी ।
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाको २३ औं बार्षिक साधारण सभाको पहिलो दिन आज सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राजकुमार होकाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुमित्रा फुयाँलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पहिलो दिनको बार्षिक साधारण सभामा मनुका भट्टराईले सचिबको प्रतिवेदन, संस्थाका कोषाध्यक्ष मन्दिरा लामिछानेले कोषाध्यक्षको प्रतिवेदन र लेखसुपरिवेक्षणको प्रतिवेदन लेखा समिति संयोजक जयन्ति शिवाकोटीले प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य चौकी सहरेका इन्र्चाज युवराज के.सी.को विषेस आतिथ्यतामा भएको कार्यक्रममा मुना श्रेष्ठ शेयर सदस्य, गोमा खड्का उत्कृष्ठ बचतकर्ता, मिता नेपाली असल ऋणी, बाल बचतकर्ता एक जना र ७० बर्ष भन्दा माथिका महिला जेष्ठनागरिक ६ जनालाई सम्मान गरिएको छ । संस्थाका व्यवस्थापक सुर्य प्रसाद न्यौपानेले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने कार्यक्रमका अतिथि शंकेश्वर साकोसका अध्यक्ष रुद्र प्रसाद चौलागाई लगाएतले सुझाव सहित सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाको २३ औं बार्षिक साधारण सभा मंसिर १८ गते तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे, किर्नेमा आयोजना गरि समापन हुने जनाइएको छ ।

तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे दोलखामा संचालित महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था महिला मात्र शेयर सदस्य रहेको सहकारी हो । महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ठ महिला सहकारीको रुपमा परिचित रहेको छ । संस्थाले महिला शसक्तिकरणका विभिन्न कार्यक्रहरु संचालन गर्दै आएको छ र सहकारीमा महिलाहरुको शसक्त भुमिका रहेको जनाइएको छ । हाल संस्थामा एक हजार तीन सय एक्तिस शेयर सदस्य रहनु भएको छ ।

`
12 comments
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा ..

काठमाडौँ ,जेठ ३१ गते । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वा..

5 घन्टा पहिले

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्ध..

काठमाडौं, जेठ ३० : सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनैपनि राष्ट्र..

5 घन्टा पहिले

बैंकिङ कसुरमा पक्राउ परे सेफ सन्तोष साह

जनकपुर, जेठ ३० : बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ परेका छन्।  उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली..

5 घन्टा पहिले

राजनीतिक यात्रामा काठमाडौं वडा नं. ८ को ठूलो योगदान छ : गग..

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाड..

5 घन्टा पहिले

प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल

काठमाडौं, जेठ २९ : नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्त..

1 दिन पहिले