महिला साक्षरता बचत तथा ऋण सहकारी संस्थाले २३ औं बार्षिक साधारण सभा मनाउँदै ।
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
मंसिर १७, तामाकोशी ।
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाको २३ औं बार्षिक साधारण सभाको पहिलो दिन आज सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राजकुमार होकाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुमित्रा फुयाँलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पहिलो दिनको बार्षिक साधारण सभामा मनुका भट्टराईले सचिबको प्रतिवेदन, संस्थाका कोषाध्यक्ष मन्दिरा लामिछानेले कोषाध्यक्षको प्रतिवेदन र लेखसुपरिवेक्षणको प्रतिवेदन लेखा समिति संयोजक जयन्ति शिवाकोटीले प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य चौकी सहरेका इन्र्चाज युवराज के.सी.को विषेस आतिथ्यतामा भएको कार्यक्रममा मुना श्रेष्ठ शेयर सदस्य, गोमा खड्का उत्कृष्ठ बचतकर्ता, मिता नेपाली असल ऋणी, बाल बचतकर्ता एक जना र ७० बर्ष भन्दा माथिका महिला जेष्ठनागरिक ६ जनालाई सम्मान गरिएको छ । संस्थाका व्यवस्थापक सुर्य प्रसाद न्यौपानेले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने कार्यक्रमका अतिथि शंकेश्वर साकोसका अध्यक्ष रुद्र प्रसाद चौलागाई लगाएतले सुझाव सहित सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाको २३ औं बार्षिक साधारण सभा मंसिर १८ गते तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे, किर्नेमा आयोजना गरि समापन हुने जनाइएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे दोलखामा संचालित महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था महिला मात्र शेयर सदस्य रहेको सहकारी हो । महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ठ महिला सहकारीको रुपमा परिचित रहेको छ । संस्थाले महिला शसक्तिकरणका विभिन्न कार्यक्रहरु संचालन गर्दै आएको छ र सहकारीमा महिलाहरुको शसक्त भुमिका रहेको जनाइएको छ । हाल संस्थामा एक हजार तीन सय एक्तिस शेयर सदस्य रहनु भएको छ ।
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..
काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..
8 घन्टा पहिले
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..
8 घन्टा पहिले
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
2 दिन पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
2 दिन पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
3 दिन पहिले