
जनकपुरधामको गंगासागरमा तर्पण गर्नेहरूको घुइँचो
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,असोज १३ गते । दिवङ्गत पितृ प्रति श्रद्धाभाव प्रकट गर्दै तर्पण गर्नेहरूको जनकपुरधामको प्रसिद्ध गंगासागरमा भिड देखिएको छ ।
बुबा गुमाएकाहरूले दिवङ्गत पितृ प्रति श्रद्धाभाव प्रकट गरेर पवित्र जल अर्पणका लागि धार्मिक महत्वको गंगासागरमा आज बिहान देखि नै भेला भएका थिए ।
यस दिन बुबा गुमाएका छोराहरूले पवित्र वनस्पति कुशको मोडा, तेकुशा, औठि हातमा धारण गरेर तिल सहित तर्पण गर्ने चलन रहेको छ । तर्पण करिब १६ दिनसम्म चल्ने भएकाले यसलाई सोह्र श्राद्ध पनि भन्ने चलन रहेको छ ।
पिता गुमाएका तिथिका दिनमा पिण्डदान सहित श्राद्ध कर्म गर्नुका साथै ब्राह्मण भोजन गराउने चलन रहेको छ । जनकपुरधामको गंगासागरमा तर्पण गर्नका लागि धनुषा, महोत्तरी, सर्लाही, सिराहा तथा सीमावर्ती भारतीय क्षेत्रबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन ।
प्रसिद्ध गंगासारगमा तर्पण गर्नाले पितृलाई विशेष तृप्ति मिल्ने जनविश्वास रहेकाले तर्पण गर्नेहरूको अत्याधिक भिड रहने गरेको छ । १६ दिनसम्म चल्ने सोह्र श्राद्ध अवधिभरि नै गंगासागसरमा नियमित तर्पण गर्न आउनेको भिड रहने गर्दछन् ।
यस अवधिमा मिथिलाको गाउँ गाउँमा पितृको तिथि परेका दिन भोज खुवाउने तथा खानेहरूको अत्यधिक चहलपहल रहने गर्दछन् । खास गरेर हिन्दुहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व सुरु हुनु भन्दा अगाडी नै दिवङ्गत पितृतहरुको सम्मान तथा दिवङ्गत आत्माको तृप्तिका लागि तर्पण, अन्नदान तथा सिधा दान गर्ने चलन रहेको छ ।साभार : रेडियो नेपाल

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
4 दिन पहिले