जनकपुरधामको गंगासागरमा तर्पण गर्नेहरूको घुइँचो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असोज १३ गते । दिवङ्गत पितृ प्रति श्रद्धाभाव प्रकट गर्दै तर्पण गर्नेहरूको जनकपुरधामको प्रसिद्ध गंगासागरमा भिड देखिएको छ ।
बुबा गुमाएकाहरूले दिवङ्गत पितृ प्रति श्रद्धाभाव प्रकट गरेर पवित्र जल अर्पणका लागि धार्मिक महत्वको गंगासागरमा आज बिहान देखि नै भेला भएका थिए ।
यस दिन बुबा गुमाएका छोराहरूले पवित्र वनस्पति कुशको मोडा, तेकुशा, औठि हातमा धारण गरेर तिल सहित तर्पण गर्ने चलन रहेको छ । तर्पण करिब १६ दिनसम्म चल्ने भएकाले यसलाई सोह्र श्राद्ध पनि भन्ने चलन रहेको छ ।
पिता गुमाएका तिथिका दिनमा पिण्डदान सहित श्राद्ध कर्म गर्नुका साथै ब्राह्मण भोजन गराउने चलन रहेको छ । जनकपुरधामको गंगासागरमा तर्पण गर्नका लागि धनुषा, महोत्तरी, सर्लाही, सिराहा तथा सीमावर्ती भारतीय क्षेत्रबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका छन ।
प्रसिद्ध गंगासारगमा तर्पण गर्नाले पितृलाई विशेष तृप्ति मिल्ने जनविश्वास रहेकाले तर्पण गर्नेहरूको अत्याधिक भिड रहने गरेको छ । १६ दिनसम्म चल्ने सोह्र श्राद्ध अवधिभरि नै गंगासागसरमा नियमित तर्पण गर्न आउनेको भिड रहने गर्दछन् ।
यस अवधिमा मिथिलाको गाउँ गाउँमा पितृको तिथि परेका दिन भोज खुवाउने तथा खानेहरूको अत्यधिक चहलपहल रहने गर्दछन् । खास गरेर हिन्दुहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व सुरु हुनु भन्दा अगाडी नै दिवङ्गत पितृतहरुको सम्मान तथा दिवङ्गत आत्माको तृप्तिका लागि तर्पण, अन्नदान तथा सिधा दान गर्ने चलन रहेको छ ।साभार : रेडियो नेपाल
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
20 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
20 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले