लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण : नेता केसी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,असोज १३ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले आज काठमाडौंमा आयोजना गरेको शोक सभामा नेता केसीले पत्रकारितामार्फत सत्य तथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने बताए ।
‘सत्य, तथ्य र विश्वसनीय समाचारले मात्र लोकतन्त्र बलियो बन्न सक्छ, उत्तेजना र आवेगमा आएर कसैको चरित्रहत्या गर्नुहुँदैन,’ नेता केसीले भने ।उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्त्व भएकाले यसको संरक्षणमा कांग्रेस लाग्ने प्रतिबद्धता जनाए ।नेता केसीले पत्रकारिताको माध्यमबाट सञ्चारकर्मीले मुलुकको परिवेशको उजागर गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरे ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनको विकासमा स्वर्गीय अधिकारीले खेलको भूमिका अविस्मरणीय रहेको स्मरण गरे ।स्वर्गीय अधिकारीले जुन लक्ष्य र उद्देश्यका साथ प्रेस युनियन चितवनको स्थापना गरे त्यो पूरा हुन नसकेकाले अझै पनि आफ्नो हक र अधिकारका लागि पत्रकारहरू सशक्त भएर अगाडि बढ्नुपर्ने बेला आएको उनले उल्लेख गरे ।नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्वर्गीय अधिकारीले चितवनको संस्थागत पत्रकारिताको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । अधिकारीले चितवनमा पत्रकारिता क्षेत्रको विकासमा ठूलो भूमिका खेलेको उनको भनाइ थियो ।
नेपाल प्रेस युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले चितवनमा पत्रकारिताको माध्यमबाट भएको परिवर्तनमा स्वर्गीय अधिकारीको ठूलो भूमिका रहेको उल्लेख गरे ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी सचिव सृजना अर्याल, पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस युनियन चितवनका पूर्व अध्यक्ष वसन्त पराजुलीलगायतको सहभागिता थियो ।स्वर्गीय अधिकारी चितवनबाट प्रकाशित हुने प्रवाह साप्ताहिकको प्रकाशक तथा सम्पादक थिए । विस २००४ सालमा जन्मिएका अधिकारीको विस २०८० असोज २ गते काठमाडौंमा निधन भएको थियो ।साभार : नेपाल प्रेस
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
20 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
20 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले