पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडों, असोज १४ गते । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । जनताले उत्साह र श्रद्धाका साथ मनाउने विभिन्न चाडपर्वहरू नजिकिएको समयमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति खेद व्यक्त गरेका छन् । मूल्यवृद्धि अस्वभाविक रहेको भन्दै जनताको ढाड सेक्ने गरी भएको सो निर्णय मान्य नहुने नेविसंघको ठहर छ । नेविसंघले यथासक्य चाँडो मूल्यवृद्धि फिर्ता नलिएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
'खाना पकाउने ग्याससँगै डिजेल, पेट्रोल र मट्टितेलको भाउको अस्वभाविक मूल्यवृद्धि नेपाली जनताको ढाड सेक्नेगरी कोही कसैबाट पनि भएका निर्णय हामीलाई मान्य हुने छैन । विश्वव्यापी आर्थिक मन्दीको चेपुवामा निम्न आयमा गुजारा गर्नुपर्ने बाध्यतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो । त्यसैले सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गर्दछ,' अध्यक्ष शेर्पाले विज्ञप्तिमार्फत भनेका छन् ।देशमा आर्थिक मन्दी छाइरहेको बेला सरकारी निकायले नै मूल्यवृद्धि गरिरहेको भन्दै यस्तो कार्यमा सरकार समेत जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।निगमले शनिबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले मूल्यवृद्धि गर्दा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको छ ।साभार : कान्तिपुर
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
20 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
20 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले