
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडों, असोज १४ गते । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । जनताले उत्साह र श्रद्धाका साथ मनाउने विभिन्न चाडपर्वहरू नजिकिएको समयमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति खेद व्यक्त गरेका छन् । मूल्यवृद्धि अस्वभाविक रहेको भन्दै जनताको ढाड सेक्ने गरी भएको सो निर्णय मान्य नहुने नेविसंघको ठहर छ । नेविसंघले यथासक्य चाँडो मूल्यवृद्धि फिर्ता नलिएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
'खाना पकाउने ग्याससँगै डिजेल, पेट्रोल र मट्टितेलको भाउको अस्वभाविक मूल्यवृद्धि नेपाली जनताको ढाड सेक्नेगरी कोही कसैबाट पनि भएका निर्णय हामीलाई मान्य हुने छैन । विश्वव्यापी आर्थिक मन्दीको चेपुवामा निम्न आयमा गुजारा गर्नुपर्ने बाध्यतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो । त्यसैले सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गर्दछ,' अध्यक्ष शेर्पाले विज्ञप्तिमार्फत भनेका छन् ।देशमा आर्थिक मन्दी छाइरहेको बेला सरकारी निकायले नै मूल्यवृद्धि गरिरहेको भन्दै यस्तो कार्यमा सरकार समेत जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।निगमले शनिबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले मूल्यवृद्धि गर्दा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको छ ।साभार : कान्तिपुर

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
1 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
2 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
2 दिन पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
2 दिन पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 दिन पहिले