Janakpurdham
Sat, Oct 17, 2026
`

काठमाडौँमा जारी स्थानीय तह कर्मचारीको आन्दोलनमा मुमुका कर्मचारी पनि सहभागी हुने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम असोज २२ गते । काठमाडौँमा आन्दोलनरत स्थानीय तह कर्मचारी हकहित मञ्चको संघर्षमा एक्यवद्धता जनाउन धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका कर्मचारीहरु सहभागी हुने भएको छ । सोमबार सो पालिकाका कर्मचारीहरुको बैठकबाट विभिन्न निर्णयहरु गरेको स्थानीय तह संयोजक श्रवण कुमार यादवले जानकारी दिनुभयो ।बैठकबाट सो पालिकाको संघर्ष समितिलाई पुर्णता दिन श्रवण कुमार यादवको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सहसंयोजकमा रामजी यादव, सत्यनारायण साह, सचिवमा बैद्यनाथ यादव,सहसचिवमा मुन्द्रिका प्रसाद यादव, लक्षमण साह, कोषाध्यक्षमा ललित कुमार साह तथा सदस्यहरुमा विनय कुमार साह, राजनन्दन यादव, मनोज यादव र बबलु यादव रहेका छन् ।उक्त समितिले प्रत्येक कर्मचारीबाट अर्थ संकलन गरी आन्दोलनमा सहभागी हुन काठमाडौँ जाने निर्णय समेत गरेको छ । कर्मचारीहरुले संघर्ष समितिको केन्द्रिय स्तरमा माग पुरा नहुन्जेल सम्म पालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा अतिआवश्यक सेवा बाहेकका काम बन्द गरी पेन डाउन गर्ने निर्णय गरेको संयोजक यादवले जानकारी दिनुभयो । यसका साथै दैनिक रुपमा वडासचिव लगायतका कर्मचारीहरु दैनिक रुपमा कार्यालय अगाडी धर्ना समेत दिने निर्णय भएको संयोजक यादवले जानकारी दिनुभयो ।संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरु विभिन्न १७ वठा मागहरु समावेश गरी तत्काल ऐन जारी गनर्न दवावमुलक विरोध कार्यक्रम काठमाडौँ केन्द्रित जारी राखेको छ ।

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

17 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

17 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

2 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

2 दिन पहिले