
काठमाडौँमा जारी स्थानीय तह कर्मचारीको आन्दोलनमा मुमुका कर्मचारी पनि सहभागी हुने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम असोज २२ गते । काठमाडौँमा आन्दोलनरत स्थानीय तह कर्मचारी हकहित मञ्चको संघर्षमा एक्यवद्धता जनाउन धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका कर्मचारीहरु सहभागी हुने भएको छ । सोमबार सो पालिकाका कर्मचारीहरुको बैठकबाट विभिन्न निर्णयहरु गरेको स्थानीय तह संयोजक श्रवण कुमार यादवले जानकारी दिनुभयो ।बैठकबाट सो पालिकाको संघर्ष समितिलाई पुर्णता दिन श्रवण कुमार यादवको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सहसंयोजकमा रामजी यादव, सत्यनारायण साह, सचिवमा बैद्यनाथ यादव,सहसचिवमा मुन्द्रिका प्रसाद यादव, लक्षमण साह, कोषाध्यक्षमा ललित कुमार साह तथा सदस्यहरुमा विनय कुमार साह, राजनन्दन यादव, मनोज यादव र बबलु यादव रहेका छन् ।उक्त समितिले प्रत्येक कर्मचारीबाट अर्थ संकलन गरी आन्दोलनमा सहभागी हुन काठमाडौँ जाने निर्णय समेत गरेको छ । कर्मचारीहरुले संघर्ष समितिको केन्द्रिय स्तरमा माग पुरा नहुन्जेल सम्म पालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा अतिआवश्यक सेवा बाहेकका काम बन्द गरी पेन डाउन गर्ने निर्णय गरेको संयोजक यादवले जानकारी दिनुभयो । यसका साथै दैनिक रुपमा वडासचिव लगायतका कर्मचारीहरु दैनिक रुपमा कार्यालय अगाडी धर्ना समेत दिने निर्णय भएको संयोजक यादवले जानकारी दिनुभयो ।संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरु विभिन्न १७ वठा मागहरु समावेश गरी तत्काल ऐन जारी गनर्न दवावमुलक विरोध कार्यक्रम काठमाडौँ केन्द्रित जारी राखेको छ ।

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
4 दिन पहिले