Janakpurdham
Sun, Aug 17, 2025
`

जनकनन्दिनीका आमा समुहलाई पोसिलो जाउलो बनाउन सिकाइयो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम असोज २५ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ प्रखे महुवाका आमा समुहलाई बुधबार पोसिलो जाउलो बनाउन सिकाइएको छ । सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजना तथा प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा संचालित बालबालिका सपना परियोजना अन्तरगत ति आमा समुहलाई पोसिलो जाउलो बनाएरै देखाइएको र यसै प्रकारले प्रत्येक दिन नियमित रुपमा आफ्नो बालबालिकालाई पोसिलो जाइलो खुवाउनु पर्ने जानकारी दिएको परियोजनाका कार्यक्रम संयोजक बिबश श्रेष्ठले जानकारी दिनुभयो । आमा समुहको अगाडी नै चार प्रकारको खानाका सामग्रीहरु प्रदर्शन गरि त्यसको महत्वबारे सबैलाई जानकारी गराइएको थियो । घरवरपर तथा बजारमा सजिलै पाइने अन्न, कन्दमुल, गेडागुडी,हरियो सगापात तथा पहेलो फलफुल,पशुपंक्षिजन्य पदार्थबाट जाउलो बनाएर बालबालिकालाई नियमित रुपमा खुवाउदा यसले उनिहरुको शारीरिक ,मानसिक र बौद्धिक विकासमा मदत गर्छ । कार्यक्रम संयोजक श्रेष्ठले आफैले पोसिलो जाउलो बनाई साना बालबालिकाहरुलाई खुवाउन लगाएका थिए । यसरी पोसिलो जाउलो अब उपरान्त आफ्ना बालबालिकाहरुलाई बनाएर दिने सहभागी आमा समुहका सदस्यहरुले बताए । बालबालिकाहरुको स्वास्थ्यका लागि चाहिने आवश्यक पौष्टिक तत्व पुरा गर्न पोसिलो जाउलोको महत्वपुर्ण योगदान रहेको हुन्छ । घरमा उपलब्ध विभिन्न प्रकारका खानेकुरालाई मिलाएर पोसिलो जाउलो बनाई नियमित रुपमा सानो नानीहरुलाई खुवाउदा उनिहरुलाई कुपोषणबाट बचाउन सकिन्छ ।

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

1 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

1 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

4 दिन पहिले