नेपालले बहराइनलाई ७ विकेटले जित्यो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,असोज, २८ गते । एसीसी यु–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ । बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।नेपालको जितका लागि अर्जुन कुमाल र कप्तान देव खनालले ३२–३२ रन बनाए । बहराइनका लागि अनस ओवेद सइदले ३ विकेट लिए ।मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइन निर्धारित ५० ओभरको खेलमा ३७.५ ओभरमा ७७ रन बनाउँदै अलआउट भएको थियो ।बहराइनलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दिपेश कँडेलले ६ विकेट दिए । उनले ९ ओभर ५ बल बलिङ गर्दै ६ विकेट लिने क्रममा केवल ४ रन दिए । उनले ८ ओभर मेडन फालेका थिए ।यस्तै दुर्गेश गुप्ताले ४ विकेट लिए । बहराइनका लागि मुहम्मद बसिल अब्दुल हकिमले ३४ रन
बनाए । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।साभार : डिसी नेपाल
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
16 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
16 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले