Janakpurdham
Wed, Sep 10, 2025
`

नेपालले बहराइनलाई ७ विकेटले जित्यो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असोज, २८ गते ।  एसीसी यु–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ । बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।नेपालको जितका लागि अर्जुन कुमाल र कप्तान देव खनालले ३२–३२ रन बनाए । बहराइनका लागि अनस ओवेद सइदले ३ विकेट लिए ।मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइन निर्धारित ५० ओभरको खेलमा ३७.५ ओभरमा ७७ रन बनाउँदै अलआउट भएको थियो ।बहराइनलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दिपेश कँडेलले ६ विकेट दिए । उनले ९ ओभर ५ बल बलिङ गर्दै ६ विकेट लिने क्रममा केवल ४ रन दिए । उनले ८ ओभर मेडन फालेका थिए ।यस्तै दुर्गेश गुप्ताले ४ विकेट लिए । बहराइनका लागि मुहम्मद बसिल अब्दुल हकिमले ३४ रन
बनाए । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।साभार : डिसी नेपाल

`
12 comments
आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..

काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..

10 घन्टा पहिले

प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत

काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..

10 घन्टा पहिले

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

1 दिन पहिले

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..

1 दिन पहिले

काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

2 दिन पहिले