Janakpurdham
Wed, Oct 21, 2026
`

भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३ औं बार्षिक साधारण सभाको उद्रघाटन समारोह सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`


दिपक बस्नेत
मंसिर २५, तामाकोशी । 
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटले २३ औं बार्षिक साधारण सभाको उद्रघाटन समारोह सम्पन्न गरेको छ ।
सहकारीले क्षेत्रगत रुपमा मंसिर १४ गते देखि २० गते सम्म मेलुङ सम्पर्क कार्यालय, मालू सम्पर्क कार्यालय, चनौटे आधारभुत विद्यालय जफे, जनप्रभात मावि झूले, पवटीको दोबाटे पाटी, चायल्ड मर्निङ बोडिङ स्कुल गैरीमुदी गोलाई र मुख्य कार्यलय भिरकोटमा समापन गरिसकेको छ । आज संस्थाको दाना उद्योगमा केन्द्रिय साधारण सभाको उद्घाटन समारोह सम्पन्न गरेको हो ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्यमकाजी कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कटुवालले अध्यक्षको प्रतिवेदन, सचिव सिताराम उप्रेतीले प्रगति प्रतिवेदन तथा बार्षिक योजना, कोषाध्यक्ष बलराम कार्कीले बार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक दिपेन्द्र खड्काले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला सहकारी संघका संचालक समिति सदस्य दिल बहादुर के.सी. को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सोह्रखुट्टेका शाखा प्रमुख लोकेन्द्र के.सी. लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, संचार कर्मी, छनौट भएका सेयर सदस्य प्रतिनिधि, लगाएतको उपस्थिति रहेको थियो । सहकारीको शेयर पुँजी २ करोड ४८ लाख ४१ हजार ४ सय रहेको छ भने कुल सम्पती ४१ करोड ८७ लाख ७७ हजार ३ सय ५६ रुपयाँ ५३ पैसा रहेको छ । संस्थाले अधिक बचतकर्ता हिरामायाँ खड्का, असल बचतकर्ता उद्धव उप्रेती, असल ऋणी दिपक खड्का, कर्मचारी गिता खड्का र रमेस के.सी लाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । संस्था नयाँ संचालक समिति चयन गर्ने प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ ।

`
12 comments
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..

काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..

8 घन्टा पहिले

आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..

8 घन्टा पहिले

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

2 दिन पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

2 दिन पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

3 दिन पहिले