
‘विद्रोही’ केदार कार्कीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, सत्ता पक्षकै पङ्तिमा बस्ने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

विराटनगर,कार्तिक १ गते । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । केही बेरअघि बसेको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको मन्त्री शमसेर राईले बताए ।केन्द्रको परिपत्रअनुसार प्रदेशसभामा सत्ता पक्षको रो मै बस्ने निर्णय भएको पनि राईले नेपाल प्रेसलाई बताए ।यस्तै उद्धव थापाले दिएको राजीनामा स्वीकृत नगरी अर्को व्यवस्था नभइन्जेलका लागि उनलाई नै दलको नेताको जिम्मेवारी दिइएको छ । थापा केही दिन अघि दलको नेताबाट राजीनामा दिएका थिए ।कोशीमा शेखर पक्षका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो । दलको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।साभार : नेपाल प्रेस

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
10 घन्टा पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
11 घन्टा पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
2 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
2 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
2 दिन पहिले