Janakpurdham
Sun, Aug 17, 2025
`

घटस्थापनादेखि आजसम्म ४ लाख ६२ हजार यात्रु उपत्यकाबाट बाहिरिए

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,कार्तिक ३ गते ।  नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ। कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेका छन्। नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको उल्लेख्य छन्।काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार घटस्थापनादेखि शुक्रबार विहानसम्म लाख ६२ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन्। यो संख्या अझै बढ्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरक्षक राजेन्द्रप्रसाद भट्टले बताए।‘घटनस्थापनादेखि आज विहानसम्म काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट ४ लाख ६२ हजार यात्रु बाहिरिएका छन्,’ प्रवक्ता भट्टले डिसी नेपालसँग भने, ‘यो संख्या अझै बढ्न सक्छ। किनभने नवमीको दिनसम्म बाहिरिनेको संख्या ठूलो हुन्छ।’ट्राफिक प्रहरीका अनुसार हाल दैनिक झण्डै एक लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ।साभार : डिसी नेपाल

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

16 घन्टा पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

16 घन्टा पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

3 दिन पहिले