Janakpurdham
Sat, Oct 17, 2026
`

जनकपुरधामको राजदेवी मन्दिरमा दसैँको रौनक

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक ४ गते ।  धार्मिक नगरी जनकपुरधाममा दसैँको रौनक छाएको छ । बजारमा चहल-पहल बढेको छ । हरेक वर्ष जस्तै यहाँको प्रसिद्ध राजदेवी मन्दिर श्रद्धालुका लागि आकर्षण केन्द्र बनेको छ ।राजदेवी मन्दिरलाई महावीर युवा कमिटीले झकिझकाउ पारेको छ । मन्दिर र सो क्षेत्रको आकर्षक सजावटमै लाखौं खर्च गरिएको छ । मन्दिरमा साँझ बिहान पूजापाठ गर्ने श्रद्धालुसँगै हजारौं सर्वसाधारणको भीड लाग्छ ।

यहाँ श्रद्धालु पूजापाठसँगै मोवाइलमा सेल्फी लिन व्यस्त देखिन्छन् । साँझको समयमा अत्यधिक भिड हुन्छ, त्यसबीच टिकटक बनाउनेहरूको तँछाडमछाड उस्तै । टाढाटाढाबाट समेत श्रद्धालु आएका छन् ।

दसैँभर हरेक साँझ ‘राजदेवी’ माताको विशेष आरती हुन्छ । ‘राजदेवी’ त्रेतायुगका मिथिलाका राजा जनकको कूलदेवी रहेको मानिन्छ । त्यसैले आरती र सांस्कृतिक कार्यक्रममा पनि श्रद्धालुको भिड देख्न सकिन्छ । भगवती राजदेवीको निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ ।जनकपुरको दसैँ तराई मधेशका अन्य ठाउँभन्दा विशेष मानिन्छ । दसैँको आज सातो दिन फूलपाती । भोली महाष्टमी पूजाको दिन जनकपुरमा हेलिकप्टरबाट पुष्पवृष्टी गरिने महावीर यूवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।जनकपुरमा विजया दशमीको दिन हुने रावण वध र लंका दहन कार्यक्रम अर्को मुख्य आकर्षण हो । यसवर्ष पनि यो कार्यक्रम राखिएको छ । ५२ फिटको अग्लो रावणको प्रतीमामा तीरले हानेर वध गर्दा जनकपुरभर खुशीको माहोल हुन्छ ।त्रेतायूगमा दशमीकै दिन भगवान् रामले असुरी प्रवृत्तिको रावणलाई वध गरी धर्मको स्थापना गरेको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । सोही आधारमा सीता माताको जन्मस्थल अर्थात् भगवान् रामको ससुराली जनकपुरमा रावण वध र लंका दहन कार्यक्रम आयोजना गरिन्छ ‌।

 

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

14 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

14 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले