
जनकपुरधामको राजदेवी मन्दिरमा दसैँको रौनक
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,कार्तिक ४ गते । धार्मिक नगरी जनकपुरधाममा दसैँको रौनक छाएको छ । बजारमा चहल-पहल बढेको छ । हरेक वर्ष जस्तै यहाँको प्रसिद्ध राजदेवी मन्दिर श्रद्धालुका लागि आकर्षण केन्द्र बनेको छ ।राजदेवी मन्दिरलाई महावीर युवा कमिटीले झकिझकाउ पारेको छ । मन्दिर र सो क्षेत्रको आकर्षक सजावटमै लाखौं खर्च गरिएको छ । मन्दिरमा साँझ बिहान पूजापाठ गर्ने श्रद्धालुसँगै हजारौं सर्वसाधारणको भीड लाग्छ ।
यहाँ श्रद्धालु पूजापाठसँगै मोवाइलमा सेल्फी लिन व्यस्त देखिन्छन् । साँझको समयमा अत्यधिक भिड हुन्छ, त्यसबीच टिकटक बनाउनेहरूको तँछाडमछाड उस्तै । टाढाटाढाबाट समेत श्रद्धालु आएका छन् ।
दसैँभर हरेक साँझ ‘राजदेवी’ माताको विशेष आरती हुन्छ । ‘राजदेवी’ त्रेतायुगका मिथिलाका राजा जनकको कूलदेवी रहेको मानिन्छ । त्यसैले आरती र सांस्कृतिक कार्यक्रममा पनि श्रद्धालुको भिड देख्न सकिन्छ । भगवती राजदेवीको निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ ।जनकपुरको दसैँ तराई मधेशका अन्य ठाउँभन्दा विशेष मानिन्छ । दसैँको आज सातो दिन फूलपाती । भोली महाष्टमी पूजाको दिन जनकपुरमा हेलिकप्टरबाट पुष्पवृष्टी गरिने महावीर यूवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।जनकपुरमा विजया दशमीको दिन हुने रावण वध र लंका दहन कार्यक्रम अर्को मुख्य आकर्षण हो । यसवर्ष पनि यो कार्यक्रम राखिएको छ । ५२ फिटको अग्लो रावणको प्रतीमामा तीरले हानेर वध गर्दा जनकपुरभर खुशीको माहोल हुन्छ ।त्रेतायूगमा दशमीकै दिन भगवान् रामले असुरी प्रवृत्तिको रावणलाई वध गरी धर्मको स्थापना गरेको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । सोही आधारमा सीता माताको जन्मस्थल अर्थात् भगवान् रामको ससुराली जनकपुरमा रावण वध र लंका दहन कार्यक्रम आयोजना गरिन्छ ।

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
16 घन्टा पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
16 घन्टा पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 दिन पहिले