प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
पौष १२, तामाकोशी ।
प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा वडा नम्बर ६ च्यामामा रहेको प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष मेघराज के.सीले अध्यक्षको प्रतिवेदन, सचिव थिर बहादुर के.सीले सचिवको प्रतिवेदन, संस्थाका व्यवस्थापक देविप्रसाद शर्माले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक चन्द्र बहादुर फुयालले लेखा सुपरिवेक्षणको प्रतिवेदन, ऋण उपसमितिको प्रतिवेदन थिरबहादुर के.सी.ले प्रस्तुत गर्नु भएको थियो ।
बार्षिक सभा कार्यक्रमका प्रमुख अतिथि ईश्वर चन्द्र पोखरेलले गाउँपालिकाले सहकारीको स्तरउन्नतिका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको, पालिकाले सहकारी सुचिकृत हुन अनुरोध गर्दा पनि केहि सहकारी बाहेक सुचिकृत हुन नआएकाले हामिले विभिन्न प्रयास गरिरहेका छौ अवका दिनमा श्वयतपत्र जारी गरि थप काम गर्ने बताउँनु भयो । पालिकाले सहकारीसँग समुन्वय गरि कार्यक्रम संचालनको लागि सुरु गरेको बताउँनुका साथै संस्था चोरी भएकोमा आफु दुखी भएको र संलघन व्यक्ति खोजि गर्नको लागि आफु लागिरहेकोे बताउँनु भयो ।
बार्षिक साधारण सभाका विषेस अतिथि नेफ्स्कुनका संचालक सदस्य जिवस राज खड्काले सहकारीको मुलमर्म अनुसार संस्था संचालन हुनुपर्ने । संचालक र कर्मचारी पारदर्सी र सदस्य इमान्दार भएमा संस्थामा कुनैपनि समस्य नआउँने बतउँनु भयो । कार्यक्रममा तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी, वडा नम्बर ६ च्यामाका वडा अध्यक्ष झनकबहादुर फुयाल, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहाकार बालकृण शर्मा, जनप्रतिनिधि ङरहरि फुयाल, नेकपा माओवादी केन्द्रका जिल्ला नेता सन्तोष के.सी.नेकपा एमालेका वडा कमिटी उपाध्यक्ष मोहन बहादुर फयाल, नेकपा समाजवादीका वडा कमिटी अध्यक्ष तामप्रसाद आपागाँई, नेपाली कांग्रेस वडा इकाई सभापति हितबहादुर फुयाल, शंकेश्वर बचत तथा ऋण सहकारी संस्था सहरेका अध्यक्ष रुद्र प्रसाद चौलागाई लगाएतले संस्थाको गतिविधिले पारेको प्रभाव, उन्नति प्रगती साथै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाको २२ औं बार्षिक साधारण सभाको अवसरमा व्यवसायीक कृषक, सवैभन्दा कान्छा सदस्य, जेष्ठ सदस्य, शेयर सदस्य, असल ऋणी, असल बचत कर्ता लगाएत लामो समय संस्था संचालमा अध्यक्ष पदमा रहि सफल संस्था बनाउँन महत्वपुर्ण योगदान गर्नुहुने संस्थाका पुर्व अध्यक्ष तथा हालका सल्लाहाकार बालकृष्ण शर्मालाई सम्मान गरिएको छ । संस्थाको आर्थिक बर्ष २०७७-७८ को शेयर पूँजी ९२ लाख ६६ हजार ८ सय रहेको छ भने संस्थाले खुद ९ लाख २० हजार नाफा गरेको छ । निक्षेप तर्फ ७ करोड ४५ लाख ६५ हजार १६ रुपायँ रहेको छ भने ऋण लगानि तर्फ ५ करोड २७ लाख ४८ हजार १ सय ३० रहेको छ । संस्थाको कुल पुँजी ९ करोड ७५ लाख १५ हजार २ सय ३७ पुगेको छ । संस्थामा २०७७ साल माघ २३ गते चोरी भएको थियो । संस्थाले विमाबाट चोरी भएको रकमको ९० प्रतिसत रकम प्राप्त गरेको छ ।
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
19 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
19 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
2 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
2 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
3 दिन पहिले