श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र भवन हस्तान्तरण कार्यक्रम सम्पन्न, विद्यालय उत्कृष्ट बन्नेमा अभिभावक ढुक्क ।
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
पौष २५, तामाकोशी ।
श्री सिद्धेश्वर माध्यमिक विद्यालयले आफ्नो ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र भवन हस्तान्तरण कार्यक्रम भव्यताका सम्पन्न गरेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा रहेको विद्यालयले आफ्नो ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र भवन हस्तान्तरण कार्यक्रम एकसाथ सम्पन्न गरेको हो ।
जिल्ला शिक्षा इकाई दोलखाका प्रमुख शंकरबावु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक चक्र बहादुर ऐरले विद्यालयको आर्थिक प्रतिवेदन, शिक्षण सिकाई, विद्यालयको भौतिक अवस्था, कार्मचारी अवस्था, विद्यार्थी संख्या, विद्यालयको आगामि कार्ययोजना, चुनौति र अवसर लागएतको विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको विषेस आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका कक्षा एक देखि दश सम्मका भाईबहिनीहरुले विभिन्न खालका संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिती, पुर्व प्रधानाध्यपक, शिक्षक, अविभावक, गतबर्षका एसइई उत्तिण विद्यार्थीलाई सम्मान गरि मायाँको चिनो प्रदान गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका विद्यालयका प्रतिनिधि, समुदायिक बन उपभोक्ता समितिका प्रतिनिधि, विद्यालयमा योगदान गर्नुहुने लगाएतका महानुभावको आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसरमा विद्यालयका प्रधानाध्यपक चक्र बहादुर ऐरले दश हजार र वडा नम्बर ४ मालुका समाजसेवी कमला कार्कीले दश हजारको अक्षयकोष स्थापना गनुभएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावकको उल्लेख्य उपस्थीति रहेको थियो । विद्यालयका भाईबहिनी लगाएत शिक्षिकाहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । विद्यालय अन्य गतिविधिमा निकै अगाडि बढ्न थालेको अभिभावकको भनाई छ । विद्यालयमा १ कक्षा देखि ५ कक्षा सम्म अंग्रेजी माध्यमबाट पढाई भइरहेको विद्यालयले जानकारी दिएको छ ।
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
20 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
20 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
2 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
2 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
3 दिन पहिले