Janakpurdham
Mon, Aug 31, 2026
`

सिद्धार्थले विभिन्न कार्यक्रम गरि ४३ औं वार्षिकोत्सव मनाउंदै  

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुष ६ गते ।शिक्षा क्षेत्रमा आफनो छुट्टै स्थान बनाउन सफल सिद्धार्थ शिशु सदनले आफ्नो ४३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउंदैछ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ भानु चोक अवस्थित सिद्धार्थ शिशु सदनले वार्षिकोत्सवको अवसरमा तिन दिने कार्यक्रको आयोजना गरेको छ । बिहीवार एक कार्यक्रमका बिच विधिवत रुपमा विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादव र व्यवस्थापकीय निर्देशक शितल यादवले संयुक्त रुपमा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका छन् । विद्यालयले विहीवार रक्तदान , विज्ञान प्रदर्शनी र आर्ट एण्ड क्राफटस सहितका कार्यक्रम गरेको छ । दोश्रो दिन शुक्रवार खाद्यान्न मेला र जानकी वृद्धाश्रम तथा कबीर बाल अनाथ आश्रमलाई सहयोग र तेश्रो दिन मानव सेवा आश्रममा सहयोग गर्ने कार्यक्रम रहेको छ । शनिवार सम्म जारी रहने तीन दिने कार्यक्रम अन्तर्गत रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्प (क्राफ्ट), कम्प्यूटर प्रविधि प्रदर्शनी सहित खाद्यान्न मेला लगायतका कार्यक्रमहरु आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादवले बताएका छन ।

`
12 comments
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

21 घन्टा पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

21 घन्टा पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

2 दिन पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

3 दिन पहिले